मेरो काम अलिकति डरलाग्दो नै छ । जावा भन्ने प्रोग्रामिंग भाषा प्रयोग गरेर यउटा नया प्रोग्राम बनाउनु पर्नेछ र यसलाइ “ MNGP AOV Data Base Management System” नामाकराण गरियको छ र यो प्रोजेक्ट म एक्लैले सकनु पर्ने हुन्छ । अलिकति डर लागेको छ कतै बिचमा गएर सकिन्न कि भनेर, तर पनि यत्रो सिङ्लो मान्छे अनि मेरो प्रिय इन्टरनेट साथमा हुदा कसो नसकियला जस्तो लाग्छ ।अनि पुरा आत्म बिश्वाश जागेर आउछ , “म सक्छु “।
म यो कम्पनि अर्थात Monticello Nuclear Power Plant मा मिति जुन ४ तारिख देखि काम सुरु गरेको हुं ।यो मिनिसोटा स्टेट को मोन्तेसेलो भन्ने सहरमा छ। यो कम्पनि को काम भनेको युरोनियम प्रसोधन गरेर बिजुलि निकाल्ने हो । नेपाल को जस्तो पानि बाट यहा कमैमात्र बिजुलि निकलिन्छ। यहा बिजुलि को लागि पानि नभय पनि हुन्छ । मैले काम गर्ने ब्रान्च मा ८०० जना कर्मचारि छन अरे र मेरो बिभाग भने को इन्जिनियरिङ बिभाग को आइ टि सह बिभाग हो । मेरि हप्ता मा ४० घन्टा काम गर्नु पर्छ ।बिहान ७ देखि ९ बजे सम्म जतिखेर पुगेपनि हुन्छ र तेस पछि ८ र १।२ घन्टा अफिस मा नै बस्नु पर्छ (८ घन्टा कामको र १।२ घन्टा लन्चको लागि ) ।त्यो १।२ घन्टा लन्च (खाना खाने समयको) पैसा पाइदैन र हप्ता मा ४० घन्टा को मात्रै पैसा पाइन्छ । यो मेरो पहिलो काम भयकोले मैले धेरै दर मा काम गरेको छैन । मेरो प्रति घन्टा २१ यु यस डलर(रु. १४७० @ १ डलर - ७० ने रु।) हुन्छ ।काम भयको दिन भरि कुर्सि मा बसेर प्रोग्राम लेख्ने हो ।
यहा अमेरिका मा काममा इमानदार र दक्ष हुनु पर्छ ,नत्र थाहनै नपाइ निकालिदिन्छन । WIFE ,WORK and WEATHER (स्वास्नि, काम र मौसम) को ठेगान हुदैन यहा तेसै ले यिनि हरुको भर परिहाल्न हुदैन, हेरौं मेरो काम ले सायद साथ नछोड्ला।
बिश्व पौडेल, हाल अमेरिका
Comments
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।