Skip to main content

भोज र मदिरा !

“आज त झुरै भयो, राम प्रसादले, आफ्नो छोरा को पास्नी को पार्टी राखेको, न बिएर न विस्की, के पार्टी राखेको मुलाले, बेईज्जतै गर्यो आफ्नो!”, भर्खरै मात्र राम प्रसाद को छोरा को पास्नी को रात्री भोज बाट बाहिर निस्केका आमन्त्रित मित्र जन हरुबाट आएको आवाज हो यो । “पार्टी को बेईज्जतै गर्यो मुलाले” भन्दै केहि मित्र हरु आफ्नो त्यो साँझनै खेर गएको गुनासो गर्दै थिए, एक आपसमा ।
आझकल जुनै पनि स्थानमा नेपाली झमघट , भोज वा भत्तेर भयो भने, मदिरा अनिवार्य हुन जरुरी छ । मदिरा बिना को भोज् वा पार्टि त अब कल्पना सम्म गर्न नसकिने अवस्थामा आएको छ। एक समय , मलाई याद छ, हा्मो गाउघरमा कसैले भोज आयोजना गर्दा, दाल, भात, तरकारी, खसी को मासु अनि आलु र काक्रा को अचार अनि त्यो पनि सुकुल मा बसेर , हातको कुहिना संम्म चुहाउदै खादा आयको आनन्द भलै कुनै राजभोज नै किन नहोस, साहेद त्यस्तो आनन्द कहिल्यै नआउला । हो त्यति खेर पनि भोज मा पिय पदार्थ राखिन्थ्यो फरक यति छ, त्यति खेर मदिरा को सट्टा दहि वा मोहि वा सर्वत पानी हुने गर्दथ्यो , र त्यस को स्वाद, म किटान गरेर भन्न सक्छु मदिरा को स्वाद भन्दा सयौँ गुना बेसी हुने गर्दथ्यो ।
यसरी उहिले, भोज खाएर फर्केका मान्छे को गुनासो, मदिरा मा कहिल्यै रहेन । बिस्तारै जव मानिस मा पश्चिमी सस्कृतीको हाबी हुन थाल्यो , अनि बिस्तारै बिस्तारै मदिरालाई पनि भोज भत्तेरमा सामेल गराईन थाल्यो । पहिला पहिला दुवो तिल राखेर अमृत पानीले जन्ती स्वागत गरिन्थ्यो , आज भोली मदिरा बिनाको स्बागत अपुरो नै हुन्छ । “फलानोले त आफ्नो भोजमा बियर को खोलो बगायो, बिदेसि विस्कि र वाईनको ताती लगायो , ढिस्कानो को मा त न बियर छ न वाईन, न विस्कि ,मोराले आफ्नो ईज्जतको पनि ख्याल गरेन”, जस्ता आवाज हरु अव परिचित नै भैसके । आखिर के मदिरा बिना संम्पन्न गरिने कार्यक्रम वा रात्रीभोज अपुरो नै हो त ? के मदिरालाई ईज्जत संग धाझ्न मिल्छ र ? केवल एउटा गुनासो !
(सपनासंसार मा नया अनुभाग, “गुनासो” थपिएको छ , तपाई हरुको पनि आफ्नो केहि गुनासो भएमा info@sapanasansar.com मा प्रेसित गर्नु होला ! धन्यबाद)

Comments

  1. आज हामि सम्पुर्ण नेपालि हरु आफ्नो सस्क्रीति भुलेर पश्चिमा सस्क्रीति मा रमाइरहेका छौ। भोलि हामि लाइ १ दिन एस्तो आपत आउनेछ कि हाम्रा सन्तति ले हामि लाइ नेपालि सस्क्रीति भनेको कस्तो हुन्छ भनेर सोधे भने कागज मा लेखेर र मुखले भनेर बताउन सक्ने अबस्था मा हामि छैनौ।तेसैले अब सबै जना ले ५ तारे होटल मा पनि दुना बोहोता मा खाना खाने बानि र सस्कार को बिकास गर्नु पर्छ जस्तो छ नत्र नेपालि सस्क्रीति हराएर इतिहास का पना मा समाबेस हुन बेर छैन। बेलै मा चेतना भया। अनि अरु पनि छन नेपालि सस्क्रीति हरु तिनि हरु को पनि यथासक्य संबर्धन र संरक्षण नगरिए नेपालि सस्क्रीति मात्र होइन नेपालै हराउन सक्ने सङ्का छ।
    सुरेश् तिवारी
    माझठान कास्की

    ReplyDelete
  2. कसैले भोजमा मदीरा नराखेको आधारमा भोज आयोजकको बद्ख्वाँई गर्नु अवश्य पनि शभ्यताको परिचायक होइन। पश्चिमाहरु भोजमा जांदा आफैंले बियर, वाईन बोकेर गएको देखिन्छ। पिउन मन लाग्ने मान्छेले आफै बोकेर गए पनि भयो नि। खल्तीमा हात हालेर जाने, अनि पिउन नपाएर अनेक थरिका कुरा गर्न हुन्न। अब भोजमा मदीरा राख्ने वा नराख्ने भन्ने कुरो स्थिति अनुसार हुन्छ। बरिष्ठ ब्यक्तिहरु, बच्चाहरु सम्मिलित हुने भोजमा मदीरा नराख्ने कि? युवाहरु, त्यस्मा पनि अविबाहित छन् भने मध्यपानको अपेक्षा गरिहाल्छन्।

    ReplyDelete
  3. Love your Mother

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्...

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा...

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ...