Skip to main content

साम्राज्यवादी सोच पशुपतिनाथको बिरोध

अधिकारी, बसन्त मोहन

खुकुरीमै विश्व हल्लाएर ख्याति कमाएका वीर गोरखाली नेपालीहरु आजकल कहाँ छन् - के गरिरहेकाछन् - नेपालमा छन् कि छैनन् - नेपाली आमाले आफ्ना सन्तानको उपस्थिती नदेखी परचक्रीहरुको उपस्थितीको आभाष पाएर बेला बेलामा आफ्नो स्वाभिमानी शिर झुकाईरहेकीछीन् ।

सीता, भृकुटी र बुद्ध जस्ता मानवहरुलाई यस धर्तीमा जन्म दिएर दया, माया, करुणा, कर्तब्यपरायण नैतिकवान शिक्षाले विश्व सामु बौद्धिकताको उच्चतम स्थानमा नेपालीहरुलाई आज सम्म सुसोभीत गरीरहेको छ । शान्तिको जन्म स्थलको रुपमा नेपाल चिर परिचीत छ । स्वाभिमानी, स्वाभिलम्वी र वीर संगै शान्तिगामी र बौद्धीक ब्यक्तित्वको रुपमा आम नेपालीहरु गरिव भए पनि विश्व सामु चिर परिचीतछन् ।

बाह्र वुदें सम्झौता देखी आज सम्मको घटना क्रमले पनि नेपालीलाई विश्व सामु कठिन परिस्थितीमा हातेमालो गर्न सक्छ तर आफ्नो स्वाभिमान बेच्न नचाहाने नेपालीको रुपमा चिर परिचीत गराएकोछ । विगतमा नेपाल आमाको समस्या भनेको भ्रष्टचार, बलत्कार, हत्याहिंसा, चोरी, डकैती, भोकमरी, हैजा, अशिक्षा र अविकास थियो । बिभीन्न पंरम्परागत रीतिरिवाजले मानव मानव बिच उच्च र निच देखाई दिएका थिए । यस्ता बिभीन्न विसंङ्गतीलाई चिर्दै नेपालीहरु अघि बढिरहे फलस्वरुप २४० बर्षपुरानो जहानिया शासनको अन्त्य गर्न सकियो तर पनि अझै अमानवीय र अराजक कार्यहरु कयौं स्थानमा यथावत छन् ।

यस्तो बिषमपरिस्थीतिमा आफ्नो देश प्रति आफ्नो काम, कर्तब्य र जिम्वेवारहरु हर ब्यक्तिले पुरा गर्नु पर्ने हुन्छ तर विडम्बना स्वयम हामी को हौ - के गरीरहेका छौ - यसको प्रतिकुल असर कस्तो पर्छ - भन्ने साधरण भन्दा साधारण सोच पनि आज कयौं हामी नेपालीहरुलाई ज्ञान नहुनु हाम्रो घरमा आफ्नै अनुपस्थितीको संज्ञा हो । नेपाली आमाको सन्तान नहुनुको परिचय हो । यस्ता कुकार्यले गर्दा नेपाल आमाले पटक पटक शिर झुकाउँनु परेको छ । यात कालापानी र सुस्ताको समस्या होस् या पशुपतिनाथको पुजारिको विवाद होस् । आज सम्म कयौं क्रान्ति भए । विगतमा यो देशमा प्रजातन्त्र पनि भित्रायौं तर पशुपतिनाथ जस्तो देशको धरोहरको रुपमा अवस्थित मन्दिरमा भारतिय पुजारी राखिराख्नु कति उचित र कति अनुचित कार्य थियो - आज सम्म पनि लाखौं नेपालीलाई थाह थिएन पशुपतिनाथका पुजारी भारतिय हुन भनेर । थाहपाएका भए हिजो नै सँच्चा देशभक्त्ति नेपालीले बिरोध गर्ने थिए । आज गणतन्त्रको स्थापना गर्ने क्रममा चालिएको कदम स्वरुप भारतिय पुजारीलाई विस्तापित गरी नेपाली मान प्रतिष्ठालाई उभ्याउँने साहस गर्दा अझै असल कार्यको केही नेपालीहरुबाट प्रतिकार हुदैछ र स्वयम हामी नेपालीहरुबाट बिरोध हुदैछ । यस्तो असार्न्दभिक ,अराजक र देशघाति कार्यमा साथ दिनेहरु के नेपाली हुन् - यस्ता देशको अस्तित्व र अधिकार माथी खेलवाड गर्नेहरु हेर लाज पचाएर जुलुस निकाली रहेकाछन् । टायर बालेर आफ्नो खिल्ली आफैले उर्डाईरहेकाछन् । आफ्नो आमाको जिउँदै चिता जलाई रहेकाछन् । नेपाली अस्तित्व माटोमा मिसाउँने दुँस्स्ााहस गरिरहेकाछन् । यस्ता लाक्षि र नपुसंकहरुलाई देखेर नेपाल आमा बेला बेलामा बली चाहन्छिन् । आफ्नो मान प्रतिष्ठा र अधिकार अरु बिदेशीलाई सुम्पन चाहनेहरु ! बरु म नेपाली होइन, मलाई नेपाल आमा चाहिदैन भनेर सिधै किन भन्न सक्दैनन् - किन नेपाल र नेपाली जनताको रगतमा होली खेल्न चाहन्छन् .

यत्रो बर्षसम्म लाखौ नेपाली र विश्व हिन्दु समुदायले चढाएको दान दक्षिानाहरु भारत भित्रिएर भारतियहरु मोर्टाई रहेका थिए । आज नेपाली स्वयमलाई त्यहाँ आफ्नो घरमा आफ्नो अधिकारमा स्थापित गरेर नेपाल र नेपालीको हकहितको कार्य गर्दा स्वयम नेपालीहरु भनाउँदाबाट बिरोध हुँदा हाम्रो अस्तित्व, स्वाभिमानर्,र् इज्यत, मान प्रतिष्ठा र अधिकार बेच्न खोजीएको आभाष पाईएको छ । अब यस्ताकार्यमा संलग्न ब्यक्तिहरुलाई र त्यस कार्यमा सहयोग गर्ने पाटीका ब्यक्तिहरुलाई नेपाली भन्न मिल्छ कि मिल्दैन - प्रश्न खडा भएको छ ।

आज आफ्नो शिर झुकाउँन र अधिकार हनन गर्ने कार्यमा स्वयम नेपाली उभिनु एक र्समानक कार्य भैरहेको छ । नेपाली भएर आफ्नो खिल्ली आफैले उडाइरहेकाछन् । आफु नेपाली भए नभएको आभाष उनिहरुलाई भए नभए पनि , नेपाल आमाले उहिहरु आफ्नो सन्तान नभएको आभाष पाएकी छिन् । राष्ट्रको हकहितको लागि राजनैतिकबाट माथि उठेर निर्णर्य लिई हातेमालो गर्नु पर्ने समयमा अझै कुदृष्ट्रि देखाँउनु नेपाली जनता बिचमा बदनाम हुनु हो भन्ने सम्म भुलिरहेकाछन् ।

भ्रष्टचार, बलत्कार,चोरी डकैत, हत्याहिंसा गर्नेहरुलाई समाजमा अझै स्थान दिदै देश र जनता प्रति वफादार कार्य गर्दा बिरोध जनाउँनुले आम सँच्चा नेपालीको मनमा कस्तो सन्देश जान्छ भन्ने कुरा सम्म नबुझने बुद्धिजिवी र नेताहरु यस धर्तीमा अझै रहेछन् । जो अझै पनि सोझा सिधा गरिव जनतालाई बिभीन्न बाहानामा जँुधाएर सामन्ति र साम्रज्यवादी शैलीमा शासन सत्ता संचालन गर्न चाहन्छन् । भारतिय पुजारीहरु अर्का देशमा आफ्नो अधिपत्य जमाउँने अझै कोशीस गरिरहेकाछन् जसमा नेपाली आमाका कपुत भरौटेहरु यतिखेर नेपाल र नेपालीको अस्तित्व र अधिकारमा होली खेल्न पनि पछि परेकाछैनन् । आफ्नो अधिकार २४० बर्षसम्म अरुलाई बुझाउँदा भोगेको दुःख दर्द र पिडाहरु भुलेर अझ साम्राज्यवादी र विस्तारवादी सोचमा अग्रगमन देख्नु, यी कति बुद्धिमानी र असल सोचका मान्छे होलान् - आफ्नो अधिकार र अस्तित्व परचक्रीलाई सुम्पन चाहने कपुत नेपालीलाई आज आम नेपालीले प्रश्न गरिरहेकाछन् ..... तिमी कहिले नेपाली बन्ने - कहिले नेपाल र नेपालीको बारेमा सोच्ने र उनिहरुको पक्षमा उभिने हो - कहिले लड्ने हो आफ्नो स्वाभिमानको लागि - अजै पनि बुझ पचाएर भारतिय पुजारीहरुलाई अर्काको देशमा आफ्नो अधिकार खोज्न लाज किन लागि रहेको छैन - यो साम्राज्यवादी र विस्तारवादी नितीका यदि तिमीहरु वकालत गर्न चाहन्छौ भने भारतवाट अग्रेजलाई किन धपायौ - विगतको आफ्नो देश र नेपालको क्रान्तिको कदर गर्न सिक्नु सबैको भलाई हुनेछ । यो समयको माग हो । समय सापेक्ष चल्न सक्नु नै बुद्धिमता होला ।

यो गणतन्त्र हज्जारौ नेपालीहरुले जीवनको आहुति दिएर आएको हो । यो देशमा लाखौको आँशु भिजेको छ । सँच्चा लाखौ नेपालीको रगत र पसिनाले सृजित यो हाम्रो आफ्नो फूलबारी हो । हिजो झै आम नेपालीहरुलाई धर्म र अन्य झुटा कारण देखाएर युद्धमा होम्ने दुँस्साहस नगर्नु होला आजका नेपाली चेतनशिल छन् । बरु हिजो साम्राज्यवादीहरुलाई नालापानिमा लखेटे झै नेपाली जनताले विर गोरखाली खुकुरी निकालेर लखेटन बेर नलाग्ला । हिजो सम्म त समस्त नेपालीहरुलाई सत्यता र यर्थाथता थाहा थिएन आज सम्मपर्ुण्ा नेपालीलाई सत्यता थाह भएको छ । होशीयार साम्राज्यवादी हो .... होशीयार विस्तारवादी हो ......

Comments

  1. के गर्नु जती होसियार बनाएनी कहिले राम्रो भएन।समस्या उस्तै छ। हामी जे कुरामा पनि सरकारको मुख ताक्ने गर्छौ, एही नै हाम्रो सब भन्दा ठुलो कम्जोरी हो..............

    ReplyDelete
  2. hi there,

    I had read about this pashupatinath issue somewhere…Your article regarding this issue that’s going on is very informative and touching…Sometimes we just have to stand up for who we are…We all are into ourselves so much we tend to forget our responsibility of being a nepali nationale…Whatever it is issues like this does turn your head and make you think…So thanks for making me think… Cheers to those people who stood up…

    ReplyDelete
  3. यथार्थ चिन्तन मा आधारीत तपाई को यो प्रश्तुती राम्रो लाग्यो । आगामी दिन हरुमा पनि तपाईका यस्तै लेख पढ्न पाईयोस् , धन्यबाद !

    ReplyDelete
  4. We have to need think deeply, but nobody have time to think far motherland, it is so painful basanta jee, thanks alot to u and ur mind, ur sanu

    ReplyDelete
  5. ho yo shate ho tara k garne Nepali AAMAKA JETHA sons haru NAMARD

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्...

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा...

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ...