
चन्द्रावती,तनहुँ
हाल: अवुधावी, यु ए ई
दुखेको घाउमा नुन चुक छर्नेलाई।
फुलको थुँगा तिरस्कार गर्नेलाई।।
नपोखे हुनेछ व्याथा र पिडा यो।
नजिक आउभन्दा झनपर सर्नेलाई।।
सुकेको फूल हूँ म ओइलिइ झरेको।
टिपेर नसिउरिनु भुइमा झर्नेलाई।।
फक्रर्न नपाउँदै झरेछ कोपिला।
नदिनु माया भँमरा झैं चर्नेलाई।।
१६ आनै सहि !
ReplyDeleteसार्है चित्त बुझ्यो मलाई
~गंगाराम