Skip to main content

जोग मेहरका जोकहरु

Travel Agent Businessmanपोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका


दार्जिलिंगका हम जाएगा जत्तिको त न भनूं, नेपालका भू पू मन्त्री जोगमेहर श्रेष्ठका जोकहरु बिभिन्न स्वरुप, प्रकारहरुमा सुनिन्छ। हिजो मेरो घरमा केही मित्र आफन्तहरुको सानो जमघट थियो। नेपालका मन्त्रीहरुको कुरा आंउदा पंचायत कालका मन्त्री जोगमेहर श्रेष्ठको कुरो निस्कियो। सबैले जोगमेहरका जोकहरु निकाले। त्यो म यहां प्रस्तुत गर्दैछु। वास्तवमा, जोगमेहरले बिभिन्न समय गरी अर्थ बाहेक सबै मन्त्रालय चाखे र हरेक मन्त्रालयमा हुंदा केही न केही हंसाउने भाषण वा काम गरे। हुन सक्छ कतिपय सत्य होलान् वा कति बढांइ चढाइ गरिएका होलान्, तर ती भरपुर मनोरञ्जक छन्।जोगमेहर श्रेष्ठ खेलकुद मन्त्रीको रुपमा: यिनी एक पटक फूटबल खेलको समापनमा गएछन्। खेल पछिको समापन भाषणमा उनले भनेछन। “ एउटा भकुण्डो २२ जनाले खोसाखोस गरेर खेल्न परेपछि हाम्रो देशमा खेलकुदको बिकास कसरी हुन्छ? म तत्कालै बाबुहरु प्रत्येकलाई एउटा एउटा भकुण्डो दिलाईदिन्छु”।

जोगमेहर श्रेष्ठ शिक्षा मन्त्रीको रुपमा: यिनी अमेरीका भ्रमण गएर आएपछि भनेछन्। “ओहो, अम्रिकाने बच्चाहरु कति टाठा! अंग्रेजी त फरर बोल्दा रहेछन्”।

जोगमेहर श्रेष्ठ बन मन्त्रीको रुपमा: केही गाऊंलेहरु घरको छाना छाउन चाहिने खर राष्ट्रिय निकुञ्जबाट काटेर लैजान पाऊं भनेर निबेदन दिन आएछन्। उनले तोक लगाईदिएछन्- फेद चांहि नकाट्नू, हांगाबिंगा चांहि काटेर लैजान दिनू।

जोगमेहर श्रेष्ठ कानून मन्त्रीको रुपमा: एऊटा मुद्दाको बादी मुद्दा जिताई पाऊं भनेर मन्त्रीको सोर्स फोर्स लगाऊन आएछ। मन्त्रीले तुरुन्त न्यायधिशलाई फोन लगाएछन्। “ल, न्यायधिशज्यू, फलाना मान्छे मेरो हो, मुद्दाको फैसला उनको पक्षमा हुन पर्यो”। भोलीपल्ट सोही मुद्दाको प्रतिबादी पनि मन्त्रीको सोर्सफोर्सको लागि आएछ। मन्त्रीले धेरै कुरो सोद्धै नसोधी न्यायधिशलाई फोन लगाएछन्। “ल, न्यायधिशज्यू, यो मान्छे पनि मेरो हो, मुद्दाको फैसला उनको पक्षमा हुन पर्यो”। न्यायधिश छक्क परेछन्। एउटै मुद्दाका बादी प्रतिबादी दुबैलाई कसरी जिताउने? भएन, मन्त्रीलाई भेटेरै सम्झाउन पर्यो भनेर गएछन्। आफु झुक्किएको थाहा हुने बित्तिकै मन्त्रीले बठ्याइं गरेछन् “हत्तेरिका, मैले भनेर हुन्छ र? जसले जित्नु पर्ने हो उसलाई जिताउने, मलाई सोध्न पर्दैन”।

जोगमेहर श्रेष्ठ बिदेश मन्त्रीको रुपमा: बिदेशी कुटनितिज्ञहरुसंगको भेटघाटपछि बिदावारी हुंदा सबैले “सी यू अगेन” भन्दै जांदा रहेछन्। जोगमेहरजी चांही “हर्न, प्लीज” भन्दा रहेछन्। कारण, उनले नेपालमा ट्रकहरुको पछाडि दायां पट्टि “सी यू अगेन” र बायां पट्टि “हर्न, प्लीज” लेखेको देखेका रहेछन्।

जोगमेहर श्रेष्ठ गृह मन्त्रीको रुपमा: प्रहरीको फन्दामा परेको मान्छे छुटाउन सोर्सफोर्सको लागि एकजना मान्छे आएछ। मन्त्रीले एस्पीलाई तुरुन्त फोन लगाएछन्। “ल एस्पी साहेब, टंपाईहरुले समाटेर ल्याको ट्यो मान्छे मेरो परेछ, उसलाई “ठीटी” मिलाएर “छोरी” दिनू”। अर्थात, स्थिति मिलाएर छोडिदिनू।

यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

  1. यो त नेपाली हमजायगानै भयो ! :) मजा आयो ल मलाई !

    ReplyDelete
  2. ramailo cha ekdam la,once more yestai la :*

    ReplyDelete
  3. हाइ आजभोलि पनि येसतै मनत्री त छन नि होइन र

    ReplyDelete
  4. तपाईले आयोजना गरेको कार्यक्रममा आफ्नो उपस्थिति जनाउन नपाएपनि , यो प्रस्तुतीले त्यो रमाईलो साझको सानै भए पनि अनुभुती दिएको छ
    माथी पाँखे जी ले भने जस्तो आजकलका मन्तरी पनि "जोग मेहर" मन्तरी ने त हुन नि !
    धन्यबाद !

    ReplyDelete
  5. IT was really a good one!!

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ