Skip to main content

"परदेशबाट", सपनासंसार मा बिमोचन !

Nepali Poem Book By Prabha Acharyaबिदेश पलायन भएपश्चात आफ्नो देश प्रतिको माया, पर्देशको पीडा, नारिहरुको बेदना, मान्छे कसरी इछ्याहरुको कमारो बन्छ, मान्छेहरुमा किन अहमताले बास गर्दछ?अनी मनहरु किन र कसरी बिभाजित हुन्छन ?अनी कबिता के हो ? आदि इत्यादि खुल्दुली को जवाफ बोकेर आचार्य प्रभा आफ्नो नया कबिता संग्रह "परदेशबाट" मार्फत करिब डेढ दसक पछी फेरी आएकी छिन । काठमाडौंमा भब्यताको साथ डा. गोविन्द राज भट्टराई को प्रमुख आत्तित्थ्यमा र बिष्णु बिभु घिमिरेको सभापतित्वमा बिमोचन भएको प्रस्तुत कृतिका केहि कविता हरु केहि राष्ट्रिय पत्र पत्रिकामा प्रकासित भैसकेका छन । पर्देशमा नै भए पनि आफ्नो देश भाषा र भेष प्रतिको माया को स्वरुप आँफुले उक्त कृति प्रकासित गरेको बताउछिन् , आचार्य प्रभा ।

हालचालै मात्र यो संग्रह, कोलोराडोको बोल्डरमा पनि प्रमुख अतिथी नेता बेनुप राज प्रसाइ र कोलोराडो च्याप्टरका नेपाली साहित्य समाजका अध्यक्ष ज्ञानेन्द्र गदालको सभापतित्वमा एक साहित्यिक कार्यक्रममा बिमोचन गरिएको थियो ।
प्रस्तुत कविता संग्रह बाट दुईवटा कविता यहा हरु सामु पस्केर उक्त संग्रह "परदेशबाट"को तपाईहरु सामु सपनासंसार मा बिमोचन गर्दछु र कवयत्री प्रभा आचार्य को नेपाली साहित्य क्षेत्रमा कलम चलिराखोस् भन्ने शुभकामना, सपनासंसार का पाठक मार्फत टक्रयाउन चाहन्छु ।

१ " पीडाको अर्को रूप नारी "
ऊ स्वास्नी मान्छे
मुटुको दहबाट कसैलाई
एक अन्जुली माया उघाएर
दिन सक्छे ,
तर ---बदलामा उस्ले
स्वार्थिपनको उपहार पाउन सक्छे ।

ऊ स्वास्नी मान्छे,
आफ्नो शरीर पस्केर
कसैको भोक मेटाउन सक्छे
तर ---सट्टामा उस्ले
घ्रीणाको उपनाम पाउन सक्छे ।

मुटु रित्याएर माया दिनु
शरीर पस्केर भोक मेटाइदिनु
अन्त्यमा ---उस्ले
जीवनभरी अभिश्राप पाउनु र
जुठेल्नाको फ्याकिएको जुठो हुनु हो
अनी ---स्वास्नी मान्छे हुनुको अर्थ
पीडाको अर्को रूप हो ।

२ "मन बिभाजित भएपछी"

आगन एउटै भएर पनि मन बिभाजित भएपछी
छानो एउटै भएर पनी
बिचारमा फरक परेपछी
आफ्नो पनि बिरानो हुदो रहेछ ।

छहारि एउटै भएर पनि ब्यवहाँरमा फरक परेपछी
घरपनी भिन्न लाग्दोरहेछ
आकाश एउटै भएर पनि
स्वार्थ अनायस उब्जिए पछी ।

धर्ती एउटै भएर पनि
पाइला बेग्लै चालेपछी
माटो पनि बिभाजित हुदो रहेछ
देश एउटै भएर पनि
स्वार्थ अनेक भएपछी
भाषा एउटै भएर पनि शास्त्र अनेक भएपछी
आफ्नै मुलुक पराइ लाग्दो रहेछ ।


Comments

  1. प्रभाजी,
    तपाई बिदेश मा भएर पनि नेपाली भाषा र साहित्य प्रति को मोह देखेर सार्है खुशी लाग्यो। तपाई यी चोटिला श्रृजना हरु सधै पढ्न पाईराखौं !

    ReplyDelete
  2. धन्यवाद ,सपना संसार तिम्रो मझेरिमा ''परदेशबाट''ले स्थान पाएकोमा/ सपना आफु सपना भएर नै अरुलाई वास्तविक्तामा सहयोग गर्न चाहन्छ अरुलाई रङिचङी दुनियामा उडाउँछ/आफु सदा रातको दासी भै रहन्छ/ ता पनि ऊ अरुलाई अर्कै संसारमा डुबाएर आफु कालो रात्रीसँग सम्झौता गरिरहन्छ/ मलाई लाग्छ शायद ''सपना संसार''को पनि यही उदेश्य र चाहना हुनुपर्छ/ धेरै श्रष्टा हरुलाई समेट्ने उदेश्य बोकेर आफु पनि अध्यारोको दासी बनेर शायद धेरै कष्ट्प्रद पाइलाहरु चालिरहेको हुनुपर्छ सपना तिम्रो सदा पुरा होस् यही कामना /

    ReplyDelete
  3. Great work,
    Prabha Ji, Thanks for your contribution to nepali literature.

    ReplyDelete
  4. महिला ले पनि त पुरुष लाई चोट दिएकै हुन्छन् कहिलेकाहि त ! आज भोलि त महिला अगाडि छन , पुरुष हरु पिडित छन ।

    ReplyDelete
  5. प्रभा दिदी, मझेरी भने पनि आगनि भने पनि , यो त सबैको साझा आगनि पो हो त । झन उल्टो तपाई को श्रृजनाहरुले पवित्र बनायको छ , यो आगनिलाई । नेपाली भाषा र साहित्यमा तपाईको जुन रुचि छ , त्यस्को म सधै कदर गर्छु ।
    सपनासंसार सधै तपाईका श्रृजना हरु बाट एउटा मनोरम आनन्द लिईनै रहेनछ ।
    जदौ !

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ