Skip to main content

Posts

Showing posts from March, 2009

प्रधानमन्त्री पुत्र की जय् !

कहिले अमेरिका भ्रमण त कहिले धुलिखेलको लोकल ठर्रर्रा त कहिले नर्वेको हावा सक्ति बाट चर्चित रहेका प्रचण्ड पुत्र उर्फ प्रधानमन्त्री पुत्र, प्रकाश दहालको बिभिन्न रुपहरु देखिएका छन् । केहि रुप हरु मध्य तपाईहरु संग तलका रुपहरु पस्केको छु। फेसबुक का नियमीत प्रयोगकर्ता प्रकाश दाहल, देशको बिकास को बारेमा पनि चिन्तित छन् रे । १२ कक्षा पास गरेका प्रधानमन्त्री पुत्र, प्रधान मन्त्री कार्यलयमा, उपसचिव सरह को तलब-सुबिधा पाउछन् । मे हु छोटे राजकुमार ! तिनपानेले गर्दा लठ्ठ भएका प्रधान मन्त्री पु्त्र ! बा' म तिम्रो कोट र घडि कहिले लाउने हो ? प्रधानमन्त्री बन्ने इक्षा देखाएपछी , बाले " ल पहिला फोटो खिच अनि पछि प्रधान मन्त्री बन्लास् " भनेर फोटो खिचाउदै ! भट्ट्ट्ट्ट गर्दिउ ! मेरो मेरो पिताको पार्टी को बारेमा नराम्रो लेख्ने र बोल्नेलाई भट्ट्ट्ट्ट्ट् -- - ------ यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

सुतेको सुत्यै

कपिल आचार्य मलेसिया प्रगतिको बाटोतिर उन्मुख हुन्छ भनि निधारभरि रातो टिका र मखमलीको माला भिराई साहुको चर्को ऋणको रतिभर पनि परवाह नगरिकन मलाई मलेसियाको लागि प्लेन चढाएथे प्लेन बस्ने ठाँउमा नै केयौ रात गुजार्नु परेपछि घरको खाना सम्झदै ट्वाइलेटको पानी पिएथे आफू निर्धन त्यसमा पनि झन लाचारि बढेपछि अरुले खाएकोहेरी थुक्क थुक्क थुक पनि निलेथे कम्पनि आइपुग्दा सुनौला सपनाहरुमा डडेलो लागेथ्यो झन आफूसँग केहि पनि सिप नहुँदा राँगो भइएथ्यो जसोतसो १०४ हप्ताको रकम पठाएपछि ममा फूर्ती चढेथ्यो अनि त लहिलहिमै विदेशी फूलहरुसँग रसपान गर्न थालेथे आहा, मेरा ति दिनहरु कति स्वर्णिम थिए सायाध्रसँग मानव चोलाका अदभुत पहेलुहरु नियालीरहेथे तलब उनलाई सुम्पन्थे, मलाई चरमसुख प्रदान गर्थिन् मैले सबै नै भुलेको थिएँ, मेरो संसार नै उनी थिइन् बर्षौ बित्यो, सेतो रध्र जुँगामा पनि पस्यो, तर त्यो दिन, मैले ओछ्यानमा आफूलाई एक्लै पाए मेरी उनि त उनकै श्रीमान्सँग स्वदेश पो फर्किन रे छाँगाबाट खसे, झुन्डिन् खोजे, रेटिन खोजे................ अनि मलाई मेरो देश नेपालको याद आयो तर म त बर्षोको इलिगल पो भइसकेको रहेछु न जीवन छ न जाँगर

गीत

नरेश माङपाहाङ फोक्‍स्‍टोन वेलायत हाल अफ्‍गानिस्‍तान मेरो जीवन सधै तिम्रो यादमा ढल्‍दैछ तिम्रो जीवन भन आज कसरी चल्‍दैछ मलाई छाडी गए पछि धेरै धेरै रोयौ अरे पराई संग भए पछि दु:ख पनि पायौ अरे मेरो जीवन सधै तिम्रो यादमा ढल्‍दैछ तिम्रो जीवन भन आज कसरी चल्‍दैछ मेरो बारे धेरै धेरै कुराहरू ग-यौ अरे पश्‍चतापले जलि जलि मूर्छा पनि प-यौ अरे मेरो जीवन सधै तिम्रो यादमा ढल्‍दैछ तिम्रो जीवन भन आज कसरी चल्‍दैछ यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

केनै फरक पर्छ तिम्लाई मैले आखा चिम्ले

~ फुच्ची केटी पराई बनाई लग्यौ तिम्ले मेरै आफ्नै संग देउता संझि वसे तिमीलाई आफै भए दंग साचो रुप बल्ल देखे पहिलो पल्ट आज जीउदै मार्यो तिम्ले मलाई दुनियाको माझ मेरो जीवन वनाईहाल्यौ लुटेराको खेल सकेसम्म लुट्यौँ तिम्ले बैस छउञ्झेल माया भनि प्यास पौख्यौ आखिरमा तिम्ले केनै फरक पर्छ तिम्लाई मैले आखा चिम्ले केनै फरक पर्छ तिम्लाई मैले आखा चिम्ले ।। यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

गुमनाम नी हरु

मिलन बगाले तनहु milanbagale@yahoo.com “पढे पण्डितले कसरी घुडा धसी धसी हुन्छिन बज्यै पण्डितनी घरै बसी बसी।” हाम्रा आमा दिदी बहिनी र हजुरआमाहरु युगौयुगदेखि अस्तित्वविहीन भएर बाचिरहनु परेको र राजाकी श्रीमतीदेखि दुरदराजमा सामान्य हैसियत राख्ने व्यक्तिको श्रीमती, आमा दिदी बहिनी हरु सम्मले गुमनाम जीवन बिताईरहेको भन्ने सन्दर्भले यदाकदा छापामा ठाउ पाईरहेको बखत मैले माथीका दुई हरफ पेश गर्नु उपर्युक्त सम्झेको छु। राजाकी रानी, मास्टरकी मास्टरनी, मन्त्रीकी मन्त्रीणी, लाहुरेकी लाहुरेनी, पुलिसकी पुलिसनी र हाकिमकी हाकिमनी, हाम्रो समाजका चलनचल्तीका केही स्थापीत नी हरु हुन यी। मेरै गामघरको कुरो गरम न, मेरी आमालाई धेरैले हेडमास्टरनी। हेडसरनी भनेर चिन्ने गर्छन। मेरी माइैली आमाको नामसंग म साक्षात्कार भएको धेरै बर्ष बितेको छैन। कसैले कमलकी आमा, कसैले ठुलीआमा कसैले हजुरआमा कसैले के कसैले के। साइली आमा, मास्टरनी आमा, साईली पण्डितनी, डाडाकी कमिनी, मिल माईली (घरमा धान कुटने मिल भएकोले), पुछारघरे दिदी (गाउको पुछारमा घर भएकोले) सिरानघरे ठुलीया (गाउको सिरानमा घर भएकोले) फेन्सी माइली (घरमा फेन्सी दोकान भएकोले

Missing somebody

Kanchan Pandey, Australia I still remember the day, when you waved me good bye. you went far from me to begin your new life. Now i am scared, don't have anything to do but i am still alive without you i have learned how to live life without you and missing you, whatever i do. I know you are thousands million away from me I think you also have forgotten me you're above in heaven, there with all the love we shared and memories treasured here. I know that you are watching me and blessing me on whatever i do i m missing you in each and every step of my life. Here no one is to hold my hand in need i know that one day that man will come back to meet me . यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

''गीत''

आचार्य, प्रभा भो पैसामा माया म किन्न चाहन्न मन नभएको निष्ठुरिलाई चिन्न चाहन्न ... म त भावनामा सधैं हराउने मान्छे परेँ त्यसैले माया मैले अबिस्वाशिलाइ गरें ... भो बजारमा माया म बेच्न चाहन्न आफ्नै गला स्वार्थमा रेट्न चाहन्न ... म त निश्छल्तामा सधैं डुब्ने मान्छे परेँ त्यसैले त यो मुटुले विश्वास धेरैलाई गरें भो पैसामा ... (रचना ०२५८ साल ) यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

यो बाटो बर्वादीको नहिढ म संग तिमी !

मेरा एक प्रीय मित्रको रोजाई गीत यहा पस्केको छु, यो गीत सन २००२ तिर मैले सुनेको थिए । स्वर र सब्द राम्रो हुदाँ हुदै पनि यो गीत त्यती चलेन । कस्को स्वर हो , शब्द कस्को हो अनि संगीत कस्को हो , त्यो त मलाई थाह भएन तर पनि साथीको अनुरोध अनुभागमा मा यो गीत तल पस्केको छु । माथीको गीत बारेमा तपाईलाई केहि थाह छ भने , प्रतीकृया छाढ्न नभुल्नुहोला ! ॐ यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

गजल

केशब आचार्य माया हाम्रो बतासले झारेको त्यो पात भयो मुटुभित्र घाउ दिने गाउँ घरको बात भयो । अजम्बरी होला भनी औंठी चिनो लाइदिए पिरतिले उनिएको माला च्यात्ने हात भयो । एकोहोरो हुन्न भन्थे माया साट्ने मुटुहरु निष्ठुरिको अङालोमा भुल्दा आज बात भयो । फूल्नु थियो जिन्दगीमा कोपिला मै झरिगयो मेरोलागी तिम्रो माया नपिएको मात भयो । यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

मेरो एउटा सपना

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका सन् २००२ तिरको कुरो हो। अमेरिका जान भिजिटर भिजा लगाएर बसेको थिंए। उड्न केही दिन मात्र बाँकी थियो। कसैले भनिदियो, आजकल अमेरिकी अध्यागमनले प्रहरी रिपोर्ट खोज्छ, नत्र छिर्न दिंदैन भनेर। त्यो कागज चाहिने भए, अमेरिकी दूतावासले पहिले नै माग्न पर्ने हो, तर मागेको थिएन। अमेरिकाको भिजा लाग्नु भनेको ठूलो कुरो पो हो त, त्यत्रो टाढा पुगिसकेपछि पनि छिर्न दिएन भने बर्बाद भएन भने जस्तो लाग्यो। यसको वास्तविक्ता के हो बुझ्नतिर नलागी, लागें, त्यो कागज जुटाउनतिर। पहिला आफ्नो जिल्ला प्रहरी कार्यालयबाट असल चाल-चरित्रको सिफारिश लिएर आएपछि प्रहरी प्रधान कार्यलय, नक्सालले त्यो कागज् बनाईदिने रहेछ। फेरी जिल्ला प्रहरी कार्यालयले त्यो सिफारिश सिधै बनाउने होईन रहेछ। पहिला गाऊँको प्रहरी कार्यालयले अनुसन्धान गरेर सिफारिश रिपोर्ट दिन पर्ने रे! कति पक्का हाम्रो निती-नियमहरु! मसंग समय कम थियो। पहिला सिधै आफ्नो गाविस (बछौली, चितवन) को प्रहरी कार्यालयमा गएं। त्यहाँको इन्चार्ज असई तहका रहेछन्। ऊनी चौकीमा भेटिएनन्। खोज्दै जाँदा एउटा चिया पसलमा भेटिए। उनले सिध

आमा तिमीले छाडेर जाँदा !

सुनिता गिरी, हङकङ संसार सबै आफनै लाग्थ्यो,खुसी सबै मेरै लाग्थ्यो, जिवनमा शोकको बाढी आउँदा, अनायासै जिवनमा पहिरो जाँदा ममताले भरिएको कोमल मुटु , छिया छिया भएर फाटिदिदा जाली रुमाल झै बुनेका सपनाहरु , छरपस्ट भुइभरी छताछुल्ल पोखीदा, कलम बाट कविता होइन, आँशु बग्दो रहेछ ,भक्कानीएर मुटु फुट्दो रहेछ , आमा तिमीले छाडेर जाँदा ।।।। आकाश नै खस्दो रहेछ ,धर्तिनै फाटदो रहेछ ममता लुटिएर एक्लो हुँदा ,खुर्सानी लगाएको घाउझै यो मन मुटु चहराएर पोल्दो रहेछ पदचाप आफै रोकीदो रहेछ ,अश्रुधारा बग्दो रहेछ कलम कोक्काइ कोक्काई रुदोरहेछ ,सृष्टिनै कम्पमान हुदोरहेछ , आमा तिमीले छाडेर जाँदा ।।।। किनेर कतै नपाइदो रहेछ खोजेरै पनि नभेटिने रहेछ , साईनो गासेर नजोडीने रहेछ , आमामा आत्मियताको भंडार रहेछ यो पल शोकले छोइरहेछ ,यो नयन साउन झै रोइरहेछ आमा तिमीले छाडेर जाँदा ।।।। कति निष्ठुरी रहेछौ ,ईश्वर , आमाको माया खोसीदियौ , मैनबत्तिको शिखाझै पग्लीरहेछु ,आशुकै सागरमा डुबिरहेछु , आमालाइ लग्यौ टपक्कै टिपेर, पहिरो जस्तै भत्किरहेछु ,असहज समय गुजारी रहेछु , आमा तिमीले छाडेर जाँदा ।।।। नोट : सम्पुर्ण हाम्रा शुभचिन

म निरीह देश

आचार्य, प्रभा आरोप प्रत्यारोप , विश्वाश ,अबिश्वास , घाट ,प्रतिघात न्याय ,अन्याय को चक्रब्युहमा फँसेको म निरीह देश मेरो स्वाभिमान आज भोली हरेक जनताको अभिमान अनी प्रतिशोधको ज्वाला बनेर जलिरहेछ । स्वाभिमानको अग्लो शीर बनेर उभिएको मेरो सगरमाथा पग्लिएर हर आँखामा छचल्किएकोछ । चन्द्र,सूर्य छात्तिमा टाँसेर फर्फराउने मेरो प्रतिक केवल ---लाजको पछयौरिमा मात्र परिणत छ । बिडन्बना हो या सतिको सराप भनु ? मेरो छात्ती कौरव ,पान्डवको युद्धरूपी रणभूमी बनेको छ । स्वयम्भूको त्री नेत्रले तान्डव न्रीत्य हेर्न मात्र बिवस छ अधीर बनेर मलाई सदा सर्वदा आषिश दिने पशुपतिनाथ यथार्थ मा नै''पशुहरुको ''पतिमा मात्र अनुवाद छ । ''हामी एक हौ ''भन्ने बाणी अनेकतामा बिभाजित छ ''मेरी आमा ''''मेरो देश ''भन्ने भावना र शब्दहरु इर्ष्या र जलन अनी घ्रीणामा परिवर्तित् छ , त्यसैले म निरीह देश मेरो ललाटमा केवल --- ''निरीह ''कोरिएको छ मेरो आफ्नो स्वाभिमान ,अस्मिता बन्धकमा परेको छ । यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

गजल

बसन्त थापा''जीवन” चन्द्रावती, तनहुँ युएई,अबुधाबी उतर चढाब जीन्दगीका बाटाहरु धेरै छन्। माया अनि पे्रमका घाटाहरु धेरै छन्।। धोका पाका परेमा बन्छन् कवि कलाकार। कोट्याउने अतितका खाटाहरु धेरै छन्।। फेसन भयो माया प्रेम, प्रेम पत्र किताबसरी। माया बाट धोका खाका लाटाहरु धेरै छन्।। प्रेमका पुजारी नै प्रेम पिडीत भएकाछन्। मुटुभरी कोपीएका टाटाहरु धेरै छन्।। यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

गजल

अधिकारी, बसन्त मोहन हाँसेको देख्छन् सबै मलाई म दुःख पोखु खैं कसलाई कहाँ छौ तिमी आउँन प्रिय जिउँदै यहाँ दिए जलाई पाए त चोखो त्यो आत्मालाई म बसन्त हुँ दिन्छु पलाई स्वार्थी दुँनिया मतलवी छ खोज्दैछु निस्वार्थी मनलाई सक्दिन ढाट्न म आफैंलाई जलाई राछु बसन्तलाई यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

गजल

अधिकारी, बसन्त मोहन हाँसेको देख्छन् सबै मलाई म दुःख पोखु खैं कसलाई कहाँ छौ तिमी आउँन प्रिय जिउँदै यहाँ दिए जलाई पाए त चोखो त्यो आत्मालाई म बसन्त हुँ दिन्छु पलाई स्वार्थी दुँनिया मतलवी छ खोज्दैछु निस्वार्थी मनलाई सक्दिन ढाट्न म आफैंलाई जलाई राछु बसन्तलाई यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

गीत

नरेश माङपाहाङ फोक्‍टोन वेलायत हाल हेल्‍मण्‍ड अफ्‍गानिस्‍तान पीरती गासी मुटु साटेर माया त गयो डाडा काटेर हो हो एक्‍लै पारेर... दिन रात भरी मिठो मिठो कुरा गर्थ्‍यो नी निराशा मनलाई आशा देखाई मायाले भर्थ्‍यो नी पीरती गासी मुटु साटेर माया त गयो डाडा काटेर हो हो एक्‍लै पारेर... ईश्‍वर भाकी वाचा कसम आफै खाई हिड्‌थ्‍यौ मायाको चीनो हातमा औठी सधै लाई हिड्‌थ्‍यौ पीरती गासी मुटु साटेर माया त गयो डाडा काटेर हो हो एक्‍लै पारेर... यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

गजल

संगम मरुभूमि क्यामिन–५, तनहूँ के फाट्थ्यो माया साँचो भा' दुनियाको जालि कुराले वचनले रेटेसरी के रेटिन्थ्यो मन, धारीलो छुराले!! मिठा मिठा सपना बाढ्ने गर्थ्यौ तिम्रै हो म भन्दै पराइको चढ्यौ डोली सजिएर सिरबन्दी र रातो चुराले! तिम्रो खुसी लालि ओठमा, मधुर मुस्कान त्यही माथी तप्प तप्प आँशु दहमा जिउनु पर्‍यो आफ्नो सुराले!! पल पल मेरो प्यासमा तड्पिएको देखुन पुराले के फाट्थ्यो माया साँचो भा दुनियाको जालि कुराले!! यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

''भर नपर''

आचार्य, प्रभा बोल्डर् जे भन्यौ ठिकै भन्यौ मनकै ब्यथा पोख्यौ , अस्पट भावनाहरु ओकलेर मन शान्त गरायौ ... हो ---सारा कुण्ठाहरु थुपार्नु हुन्न मनमा असरल्ल पीडाहरु साँच्नु हुन्न ह्रीदयमा । मन शान्त गराउने बहनामा तिमी समर्पित भयौ कसैमा अधरमा मुस्कान ल्याउने प्रयासमा तिमी कोमल बन्यौ आँफैमा , त र ---सावधान ! जस्लाई मनका ब्यथाहरु पोख्छौ ऊ तिम्रो पीडाको श्रोता मात्र नबनोस जस्लाई भावनाका लहरहरु बिछ्याउछौ ऊ तिम्रो कोमलताको क्रयता मात्र नहोस् किन कि संसार अब स्वार्थमा मात्र डुबेको छ कसैको साथ क्षणभङुर मात्र हुन सक्छ तिम्रो भावना केवल , दन्त्य कथा मात्र बन्न सक्छ । यो भ्रममा ''तिमी '' ''उ '' हामी सबै फंसि सकेकाछौ, त्यसैले ---पोख मनका ब्यथा त र आफु नाङिएर हैन सुनाउ पीडाका वाक्यहरु त र ---आफु बिश्वस्त बनेर हैन जस्ले सुन्ने बहानामा तिमीलाई मोल्न सक्छ , जस्ले आश्वासन दिने भरोशामा तिमीलाई लुट्न सक्छ किन कि ---अब ती सत्य र धर्मी मनहरुमा कलंक र अधर्मले बास गरिसकेको छ । यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

गीत

केशब आचार्य बोल्डर कोलोराडो कँहा हुनछ कस्तो हुन्छ नदेखिने माया छात्तीभित्र मुटुसँग समेटिन्छ माया --- आसुँ बनी आँखाबाट बगिदिन्छ माया हाँशो बनी ओँठबाट हांसी दिन्छ माया --- गीत बनी शुसेलिमा रमाउछ माया कहिले कही जिन्दगीमा ओइली दिन्छ माया --- खोजी हिँड्दा पाइेन्न त्यो मनको साँचो माया जता ततै खोज्दा भेटने सस्तो छैन माया --- बिछोडको बेदनामा कहालिन्छ माया मिलन हो ढुक्ढुकिको सत्य चोखो माया --- यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

फरक

पवन भण्डारी 'किरण' मिनिसोटा स्टेट युनिभर्सिटी ,म्यानक्याटो अमेरीका ऊ उता जल्छ यता म जल्छु फरक यत्ति छ ऊ जल्छ र सकिन्छ म जल्छु र जलिरहन्छु। हिउँको स्पर्सको न्यानो प्रेममा घृणाका फिलिङ्गा बलिरहन्छन् फुटेका ओंठले चरप्प च्यापिदै ऊ बल्न सुरु गर्छ अनि ऊ जल्छ। मरुभूमि प्रवासमा पानी छैन एक्लै आँसु पिएर म तृष्णा मेट्छु आघातले मन कुटुक्क खान्छ कालो रात थकानले उज्यालिन्छ बाँच्नु केवल जीवन भएको छ उसले मलाई पिएको छ मैले उसलाई पिएको छु थाहा छैन किन हो? उता ऊ जल्छ यता म जल्छु फरक यत्ति छ ऊ जल्छ र सकिन्छ म जल्छु र जलिरहन्छु। प्रस्तुत कविता कविको , "हिउँमा रुझेको गीत" , कविता संग्रहमा पनि प्रकासित भएको छ । यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!: