पवन भण्डारी 'किरण'
मिनिसोटा स्टेट युनिभर्सिटी ,म्यानक्याटो
अमेरीका
ऊ उता जल्छ
यता म जल्छु
फरक यत्ति छ
ऊ जल्छ र सकिन्छ
म जल्छु र जलिरहन्छु।
हिउँको स्पर्सको न्यानो प्रेममा
घृणाका फिलिङ्गा बलिरहन्छन्
फुटेका ओंठले चरप्प च्यापिदै
ऊ बल्न सुरु गर्छ
अनि ऊ जल्छ।
मरुभूमि प्रवासमा पानी छैन
एक्लै आँसु पिएर म तृष्णा मेट्छु
आघातले मन कुटुक्क खान्छ
कालो रात थकानले उज्यालिन्छ
बाँच्नु केवल जीवन भएको छ
उसले मलाई पिएको छ
मैले उसलाई पिएको छु
थाहा छैन किन हो?
उता ऊ जल्छ
यता म जल्छु
फरक यत्ति छ
ऊ जल्छ र सकिन्छ
म जल्छु र जलिरहन्छु।
प्रस्तुत कविता कविको , "हिउँमा रुझेको गीत" , कविता संग्रहमा पनि प्रकासित भएको छ ।
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
Wonderful piece of writing.
ReplyDeleteKeep writing ....
I dont understand what type of lekh is this and I also dont understand the meaning of this lekh..
ReplyDeleteIt's not so complicated!
ReplyDeleteIt means the difference between Cigarette and the one who smokes it.....now read it again,I hope you will get it. 8-)
Well said. This is the perfect Portrait of our human life. Some body see their life burning somebody end up without seeing their life burning though its burning....
ReplyDeleteI read the poem.... the writer makes us feel the character in the poem..... The combination of simple words and literary style are making this poem really good.
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDelete