संगम मरुभूमि
क्यामिन–५, तनहूँ
के फाट्थ्यो माया साँचो भा' दुनियाको जालि कुराले
वचनले रेटेसरी के रेटिन्थ्यो मन, धारीलो छुराले!!
मिठा मिठा सपना बाढ्ने गर्थ्यौ तिम्रै हो म भन्दै
पराइको चढ्यौ डोली सजिएर सिरबन्दी र रातो चुराले!
तिम्रो खुसी लालि ओठमा, मधुर मुस्कान त्यही माथी
तप्प तप्प आँशु दहमा जिउनु पर्यो आफ्नो सुराले!!
पल पल मेरो प्यासमा तड्पिएको देखुन पुराले
के फाट्थ्यो माया साँचो भा दुनियाको जालि कुराले!!
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
Comments
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।