सुनिता गिरी,
हङकङ
संसार सबै आफनै लाग्थ्यो,खुसी सबै मेरै लाग्थ्यो,
जिवनमा शोकको बाढी आउँदा,
अनायासै जिवनमा पहिरो जाँदा
ममताले भरिएको कोमल मुटु , छिया छिया भएर फाटिदिदा
जाली रुमाल झै बुनेका सपनाहरु ,
छरपस्ट भुइभरी छताछुल्ल पोखीदा,
कलम बाट कविता होइन,
आँशु बग्दो रहेछ ,भक्कानीएर मुटु फुट्दो रहेछ ,
आमा तिमीले छाडेर जाँदा ।।।।
आकाश नै खस्दो रहेछ ,धर्तिनै फाटदो रहेछ
ममता लुटिएर एक्लो हुँदा ,खुर्सानी लगाएको घाउझै यो मन
मुटु चहराएर पोल्दो रहेछ
पदचाप आफै रोकीदो रहेछ ,अश्रुधारा बग्दो रहेछ
कलम कोक्काइ कोक्काई रुदोरहेछ ,सृष्टिनै कम्पमान हुदोरहेछ ,
आमा तिमीले छाडेर जाँदा ।।।।
किनेर कतै नपाइदो रहेछ
खोजेरै पनि नभेटिने रहेछ ,
साईनो गासेर नजोडीने रहेछ ,
आमामा आत्मियताको भंडार रहेछ
यो पल शोकले छोइरहेछ ,यो नयन साउन झै रोइरहेछ
आमा तिमीले छाडेर जाँदा ।।।।
कति निष्ठुरी रहेछौ ,ईश्वर ,
आमाको माया खोसीदियौ ,
मैनबत्तिको शिखाझै पग्लीरहेछु ,आशुकै सागरमा डुबिरहेछु ,
आमालाइ लग्यौ टपक्कै टिपेर,
पहिरो जस्तै भत्किरहेछु ,असहज समय गुजारी रहेछु ,
आमा तिमीले छाडेर जाँदा ।।।।
नोट : सम्पुर्ण हाम्रा शुभचिन्तकहरुमा धन्यबाद टक्राउन चाहान्छु यस दुखद क्षणमा आफनो आफनो स्थानबाट हामा्रे परीवारलाइ सान्त्वना र शान्तिको कामना गर्नु भएकोमा यहाँहरु प्रति आभारी छु। : सुनिता गिरी, हङकङ
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
सन्ध्या र सुनिता ज्यु ,
ReplyDeleteयो प्रकृतीले शृ्जना गरेको जीवन चक्र, न कसैले बङ्ग्याउनै सक्छ न त कसैले लम्ब्याउन नै सक्छ । जन्म पछि मृत्यु निश्चित छ र यो तितो यथार्थलाई हामी सबैले सामना गर्नै पर्छ । आमा भन्ने शब्द कति गरुङ्गो छ हाम्रा लागी, अनि कति आत्मीय छ , लाग्छ आमा बिना हामी असंम्बभ थियौँ । जस्ले जीवन दियो, जस्ले हिन्न सिकायो अनि जस्ले बोल्न सिकायो , उसैले छोडेर जादा कस्को मन पो भक्कानो फुटेर नरोला र ? तर पनि भनिहालेनी तितो बास्तबिकता हामीले सामनानै गर्नु पर्ने हुन्छ , उनै आमा को लागी एउटा सफल सन्तान भएर हामीले देखाउनु पर्छ । हाम्रो अगाडी हाम्रै युद्द छ, हामी आफै संग आफै युद्द लड्नु पर्छ र आफैले आफैलाई जीतेर आफ्नो आमाको सपना साकार गर्न लाग्नु पर्छ । हाम्रो पाईला मा हाम्रो आमा को आशीर्बाद छ र, त्यो आशीर्बाद लाई मनन् गर्दै निरन्तर अगाडि लम्कन पर्छ यउटा बिजयी नव बिहानीको लागी ।
मेरो शुभकामना सधै हुनेछ तपाईलाई ।
सपनासंसार