Skip to main content

गुमनाम नी हरु



मिलन बगाले
तनहु
milanbagale@yahoo.com


“पढे पण्डितले कसरी घुडा धसी धसी
हुन्छिन बज्यै पण्डितनी घरै बसी बसी।”
हाम्रा आमा दिदी बहिनी र हजुरआमाहरु युगौयुगदेखि अस्तित्वविहीन भएर बाचिरहनु परेको र राजाकी श्रीमतीदेखि दुरदराजमा सामान्य हैसियत राख्ने व्यक्तिको श्रीमती, आमा दिदी बहिनी हरु सम्मले गुमनाम जीवन बिताईरहेको भन्ने सन्दर्भले यदाकदा छापामा ठाउ पाईरहेको बखत मैले माथीका दुई हरफ पेश गर्नु उपर्युक्त सम्झेको छु।

राजाकी रानी, मास्टरकी मास्टरनी, मन्त्रीकी मन्त्रीणी, लाहुरेकी लाहुरेनी, पुलिसकी पुलिसनी र हाकिमकी हाकिमनी, हाम्रो समाजका चलनचल्तीका केही स्थापीत नी हरु हुन यी।

मेरै गामघरको कुरो गरम न, मेरी आमालाई धेरैले हेडमास्टरनी। हेडसरनी भनेर चिन्ने गर्छन। मेरी माइैली आमाको नामसंग म साक्षात्कार भएको धेरै बर्ष बितेको छैन। कसैले कमलकी आमा, कसैले ठुलीआमा कसैले हजुरआमा कसैले के कसैले के। साइली आमा, मास्टरनी आमा, साईली पण्डितनी, डाडाकी कमिनी, मिल माईली (घरमा धान कुटने मिल भएकोले), पुछारघरे दिदी (गाउको पुछारमा घर भएकोले) सिरानघरे ठुलीया (गाउको सिरानमा घर भएकोले) फेन्सी माइली (घरमा फेन्सी दोकान भएकोले) बस्नेतनी भाउजु, डोलनाथनी (डोलनाथ काकाकी श्रीमती) डिहीकी ठुलिया, ओझनी साईली, लैचेकी बुहारी, यि सबै मेरा गाउघरका नामबिहीन अस्तीत्व बोकेर बाचीरहेका आमा हजुरआमा र दिदी बहिनीहरुको गुमनाम जीवनको सानो उदाहरण हो।


घरमा पालेका पेवा कुखुरा र बाख्राबाहेक भण्डारको घ्यू अमिलो को कुरो त परै जाओस फुटेको कौडी बराबरको सम्पतीमा समेत कुनै अधिकार नहुनु, भोट खसाल्ने बेलामा बाहेक कहिल्यै नागरिकताको प्रयोग नहुनु र महिलाहरुलाई तल्लो दर्जाको नागरीकको हैसियतमा हेर्ने पुरुषवादी हैकमले तपाई हाम्रा आमा दिदी बहिनी भाउजुहरुका नामका पछाडी काईली, माईली, मास्टरनी, मन्त्रीनी मात्रै होइन, घरमा फेन्सी पसल भएकै भरमा फेन्सी माईली, घरपुछारमा हुदैमा पुछारघरे दिदी र घर सिरानमा हुदैमा सिरानछरे दिदीकी अपमानसुचक नाम बोकेर बाच्न बिवश हुनुपरेको छ। भोली घरमा कुखुरा भैसी र बंगुर पालन गर्ने व्यवसाय गरेर बसे भने यि पसल्नी, फेन्सी र मिल माईलीहरुको नाममा के कस्तो गलगाड झुन्डिएला? हाम्रो पुरुषबादी हैकम यस्तो अपमान बोकेर एक सेकेण्ड बाच्न सक्छ? अझ डाइनी, डंकिनी, गधीनी, बजिनी र कुकुरनी आदि जस्ता मानव सभ्यताकै खिल्लि उडाउने र सभ्य समाजको मुखमा कालो मोसो पोतने यि शब्दाबलीले नारी अस्मिताको हदैसम्मको उपहास गरेको छ।

पढदै नपढी दुख संघर्ष नगरी मास्टरनी, डाक्टरनी, मन्त्रीनी र पण्डितनी बनेर बस भन्दै हाम्रो पुरुषवादी समाजले महिलाहरुलाई गुमनाम जिन्दगीको मन्द विषको प्याला पिलाइरहेको छ। अझ पढेलेखेका र सचेत भइखाएका महिलाहरु आफूलाई आफ्नो नाम भन्दा लोग्नेको पद र पढाइसंग गासिएर आउने सम्बोधन डाक्टरनी, मास्टरनी, हाकिमनी र साहुनी भनेर सम्बोधन गर्दा खुशी लाग्ने गरेको सगर्व बताउछन।

चाहे पटरानी, महारानी बडामाहारानी नै किन नहोस, नारीका नामका पछाडि अपमानपूर्वक लादिएका यि नी हरुको काउसो फाडन तपाईहरु पनि केही पहल गर्ने हो कि लेखकनी, पत्रकारनी, मानवअधिकारनी र पाठकनी ज्यूहरु?

यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

  1. Khattara lagyao malai ta...

    ReplyDelete
  2. One of the best analysis so far.

    ReplyDelete
  3. Wonder ful...
    I agree with the writer. All women out their should get rid of these "ni's". I hope after few years all the women get their own identity...

    Keep writing.

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ