Skip to main content

इजरायलमा नेपाली कामदार भिषा बन्दको असर र समिक्षा

हरि मानन्दर
ईजराईल,

नेपाली साधारण लेखपढ गर्न जान्नेदेखिकाहरू इजरायलमा आएर जसोतसो करीव महिनावरी रू. ५०,००० (पचास हजार) कमाउन सक्नु नेपालीका लागि ठूलो कुरा नै मान्नुपर्छ । तर इजरायलमा भिषा पाउन सजिलो भए पनि इजरायली एजेन्सीदेखि नेपाली म्यानपावर र नेपाली कामदारहरू जो इजरायलमा कानुन विपरीत नेपाली सोझा कामदारहरूलाई जति भने पनि तिर्न तैयार हुन्छन् नेपालीहरू भन्दै बढी भन्दा बढी रकम असुल्ने र आफुले मनग्ये पैसा कमाउने गरेको यथार्थतालाई नजीकबाटै केलाएर हेर्न सकिन्छ । यसरी दिनानुदिन कुल लागत खर्च बढाउँदै लगेका यी नेपाली म्यानपावर र इजरायलवासी नेपाली कामदार एजेन्सीहरूका कारण पनि सायद यो बन्द भएको अनुमान गर्न सकिन्छ । नेपालमा इजरायल कामदार पठाउने म्यानपावर कम्पनीहरूले झुठा विज्ञापन निकाली ९०० अमेरिकी डलर तलब भनेर समेत तोक्न पछि परेनन् जबकि इजरायलमा शुरूमा आउने कामदारको तलव भनेको बढीमा ६५० अमेरिकी डलर हुन्छ । यस्तै कमाइ यथासक्य बढाउनुका लागि कामदारहरूको भिषा निकाल्न होडबाजी गर्ने नेपाली एजेन्सीहरूले यहाँका घुसखोरी इजरायली एजेन्सीलाई अनावश्यक बढी रकम तिरेर आफुले भनेका कामदारहरूको भिषा निकाल्ने प्रथाका कारण पनि यस्तो हुन गएको अनुमान सजिलै लगाउन सकिन्छ ।


बन्द हुनुको पिडा धेरैलाई छ भने इजरायलमा एजेन्सी काम गर्ने नेपालीहरूले अब टाउकोमा हात राख्नुपर्ने हुन्छ वास्तवमै केहि महिना मात्र पनि इजरायल प्रवेश पुनः खुलेन भने । यसका अतिरिक्त सयौं नेपालीहरूले दिनानुदिन आफ्नो आयआर्जन गुमाउने समेत पक्का छ । यहाँ इजरायलमा नेपाली एजेन्सीहरूले इजरायली एजेन्सीहरूलाई पैसा दिइसकेका हुन्छन् तर ति इजरायली एजेन्सीहरूले घात नगरे त पैसा फिर्ता होला नत्र विना भरपाई दिइएका यस्ता पैसाका कारोवारले के रूप लिने हो भन्न सकिनेवाला चाहि छैन । यस्तै नेपाली एजेन्सीहरूलाई इजरायलमा दुःख गरेर कुनै आफन्तहरू मगाउनका लागि दिइएको रकमको जिम्मा कस्ले लिने? यता करीव बर्ष लागएर कमाएको सम्पत्ति जाने उता नेपालमा आफन्तहरू इजरायलको जान नपाउनुको पिडा खेप्नु पर्ने, यस्तो स्थितिमा के हुन सक्ला त अगाडिका कदमहरू इजरायली सरकार तथा नेपाली सरकार र सम्बन्धित निकायहरूको ?



नेपालमा इजरायल कामदार पठाउने म्यानपावरहरूले श्रम विभागमा स्विकृति लिनका लागि श्रमका कर्मचारीहरूलाइ घुस दिएर आफ्ना कामदारहरूको अनुपस्थितिमा समेत श्रम स्विकृतिको टिकट टाँसिदिने प्रथाले पुनः श्रम विभागका कर्मचारीदेखि प्रमुखसम्मलाई दिनगन्ती कमाई नहुने हुँदा विचरा कर्मचारीहरू अब हातको कलम टोकेर बस्ने स्थिति आउने भो । त्यस्तै गाँउघरका सोझाहरूलाई विभिन्न प्रलोभन देखाएर म्यानपावरसम्म पु−याउने केहि दलालहरू जस्लाई म्यानपावर कम्पनीले सम्पर्क व्यक्तिको रूपमा लिने गर्छन् फेरि तिनीहरू पनि कता जाने ? तिनीहरू पनि धाकरवाफ देखाएर आफुलाई इजरायल पठाउने ठुलै मान्छेको दर्जामा दाँजिसकेकाछन् । अब ति समपर्क व्यक्ति इजरायल बन्द भयो भने न म्यानपावर कम्पनीले हेर्छ न गाउँघर तिर फर्केन वातावरण बनेको हुन्छ । गाउ फर्कन गाउघरका आफ्नैहरूको पैसा लिइएको छ शहर बसुँ खर्चका लागि कमाइ छैन । अब कसरी चलाउने त दिनाचर्या ?



अन्तमा, इजरायल नेपालीका लागि अति उपयुक्त गन्तव्य हो र इजरालयमा कामदार मगाउने तरिका अरू देशमा भन्दा फरक भएकाले र जति भने पनि हुने भएकाले अरू देशहरूमा भन्दा नेपालमा इजरायली एजेन्सीहरूको आँखा परेको कुरा मनन गर्नैपर्छ । तसर्थ यसलाई व्यवस्थित बनाउने र अनावश्यक रकम असुल्ने प्रथा हटाउने गर्दा उपयुक्त होला कि? यस्तै इजरायलमा कामदार भिषामा आएका नेपालीहरूलाई काम नगरी यस्ता २ नम्वरी पेशामा संलग्नता गर्न कानुनी उपचार भएता पनि यसको पालना इजरायली सरकारले नगरेको र आइन्दा यस्तो काम गर्नेहरूलाई रोक लगाउने तथा फिर्ता पठाउने कार्य भएमा अति उत्तम हुनसक्छ कि? जे होस जसरी हुन्छ नेपाली कामदार इजरायल आउन पाउनुपर्छ तर कम लागत ( जति लाग्छ र इजरायली तथा नेपाली सरकारले तोकेको दरमा) मा नै इजरायल आउनुपर्छ यस्का लागि अहिलेसम्मका सबै इजरायली एजेन्सीहरू, नेपाली म्यानपावर कम्पनीहरू, तथा इजरायलमा बसेर कामदारहरूको व्यापार गर्ने इजरायली तथा नेपाली व्यक्तिहरूलाई विस्थापित गरि वा नयाँ नियम र दायरा भित्र राखी काम गर्न र गराउने गरिनु अति जरूरी देखिन्छ ।



यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

  1. Very informative Articles !

    ReplyDelete
  2. This comment has been removed by a blog administrator.

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ