पवन भण्डारी 'किरण'
मिनिसोटा स्टेट युनिभर्सिटी ,म्यानक्याटो
अमेरीका
नसस्तिएको
एक खिल्ली चुरोट
दुई सर्को तान्दै
अनि निभाउँदै
फेरि सुस्केराको ताना बिसाउँदै
भुन्टे र कालीका
सय सपना बोकेर
धुजा धुजा टोपीको डिजाइन मिलाउँदै
कुनै घण्टाघरको
बडेमानको पेण्डुलम जस्तै
कहिले यता कहिले उता गर्छ
गरिव भरिया।
सिस्नो र न्यूरोको तिहुन
हलो जोतेर
घर फर्कियो
डिडोको पीडो मरक्क पार्यो
फाँडैसँग भए पनि औधी जान्थ्यो
अबेरसम्म दुःखका कुटिरा साट्दा
मनको बोझ मुरी घट्थ्यो
यहाँ त पोख्ने ठाउँ पनि कतै भेटिन्न।
दाह्री कपाल बढेर
जुम्राको चिडियाखाना भएको छ
कुनै दार्शनिक भन्दा कम देखिन्न
पार्कमा सधैँजसो देखिने
पागल लाचारसँग
आफैलाई दाँजी हेर्छ
सबै उस्तै उस्तै
भगेर पर हराउन खोज्छ
तर बिहान जाग्दा
एकै गल्ली एकै सिरान
पागलले उसलाई साथी मान्दोहो
एक हूल कुकुर पनि छेवैमा भेट्छ
अत्तिएर कहिले उठ्छ
कहिले बस्छ
कहिले हास्छ
घठ
अनि रुन्छ
निर्दोष भरिया।
+ + +
२०६४/०६/२२, काठमाडौं
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
मिनिसोटा स्टेट युनिभर्सिटी ,म्यानक्याटो
अमेरीका
नसस्तिएको
एक खिल्ली चुरोट
दुई सर्को तान्दै
अनि निभाउँदै
फेरि सुस्केराको ताना बिसाउँदै
भुन्टे र कालीका
सय सपना बोकेर
धुजा धुजा टोपीको डिजाइन मिलाउँदै
कुनै घण्टाघरको
बडेमानको पेण्डुलम जस्तै
कहिले यता कहिले उता गर्छ
गरिव भरिया।
सिस्नो र न्यूरोको तिहुन
हलो जोतेर
घर फर्कियो
डिडोको पीडो मरक्क पार्यो
फाँडैसँग भए पनि औधी जान्थ्यो
अबेरसम्म दुःखका कुटिरा साट्दा
मनको बोझ मुरी घट्थ्यो
यहाँ त पोख्ने ठाउँ पनि कतै भेटिन्न।
दाह्री कपाल बढेर
जुम्राको चिडियाखाना भएको छ
कुनै दार्शनिक भन्दा कम देखिन्न
पार्कमा सधैँजसो देखिने
पागल लाचारसँग
आफैलाई दाँजी हेर्छ
सबै उस्तै उस्तै
भगेर पर हराउन खोज्छ
तर बिहान जाग्दा
एकै गल्ली एकै सिरान
पागलले उसलाई साथी मान्दोहो
एक हूल कुकुर पनि छेवैमा भेट्छ
अत्तिएर कहिले उठ्छ
कहिले बस्छ
कहिले हास्छ
घठ
अनि रुन्छ
निर्दोष भरिया।
+ + +
२०६४/०६/२२, काठमाडौं
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
A good one !
ReplyDelete