संकलनः राजु लामिछाने हप्किन्स, मिन्नेसोटा चलन चल्तीका केहि नेपाली उखानहरु अकबरी सुनलाई कसी लगाउँनु पर्दैन। अर्काको नासो, गला पासो। अकाशको फल आँखा तरी मर। अघि बुद्धि आएन पछि रोएर के गर्नु। अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु। अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ। अल्छीलाई बल्छी, मर्दलाई जाल। अल्छी तिघ्रो स्वादे जिभ्रो। अनिकाले मानु बाडी चुडी खानु। आफ्नै छोरी नखरमाउली तन्नेरीलाई दोष। आफै नमरी स्वर्ग देखिँदैन। आफ्नो आङ्को भैसी नदेख्ने अर्काको आङ्को जुम्रा देख्ने। आयुको छोरालाई वायुको के डर। उसै त सासु सुन लगाएकी। एउटा थाप्लोमा दुइटा नाम्लो। ओरालो लागेको घाम, पखाला लागेकी बूढी। ओरालो लागेको शेरलाई मृगले पनि खेद्छ। औषधी र अर्ती तीतै हुन्छन्। कहिले सासुको पालो, कहिले बुहारीको पालो। काम न धाम पेटभरि माम। मुलको पानी,कुलकी नानी। कानु गोरुलाई औशी न पुर्णे। कि हस्तिनापुरको राज कि चपरिमुनिको बास। खोला होइन तिर्खा धाउँछ। खानु न पिनु पुर्पुरोमा चिनु। खाने मुखलाई जुँगााले छेक्दैन खुकुरी भन्दा कर्द लाग्ने बावुभन्दा छोरो जान्ने। गर्नु न बिराउनु के–को डराउनु। दुखीलाई दिन्छु नभन्...
A blog dedicated to Nepali News, Fun, Literature and music and lot more.