Skip to main content

सेरेमोनियल महामन्त्री!

बगाले, मिलन मिलन वगाले
क्यामिन – ६, वर्लाची तनहुँ

राष्ट्रपतिको समेत कार्यभार सम्हालेका नेपाली काग्रेसका महामन्त्री डा रामबरण यादबले आफ्नो पार्टीका कार्यवाहक सभापति सुशिल कोईराला र वरिष्ठ नेता शेरबहादुर देउवाको ठाडो आदेशमा सेनापति हटाउने नेपाल सरकारको निर्णयलाई उल्टाउने प्रयास गरेपछि उनी राष्ट्रपति कम नेपाली सेरेमोनियल महामन्त्री बढी हुन भन्ने अमिलो तथ्य घामझै छर्लङ्ग भएको छ।

लुगा र भाषाको पहाडे राष्ट्रवाद चाहिएन भन्दै धोतीकुर्ताका साथ हिन्दीमा सपथ ठोकेर बिवादमा आएका फोरमी उपराष्ट्रपति परमानन्द झा लाई कोसौ पर पछार्दै यि कागरेसी महामन्त्रीले विधिको शासन, अन्तरिम संबिधान र राष्ट्रपति पदको मर्यादाको धज्जी मात्र उडाएनन, आधारातमा ज्ञानेन्द्व शैली पछयाउदै माओवादी अध्यक्ष गरेको महाभुललाई छायामा पार्नै गरी अर्कौ अक्षम्य गल्ती गरे। डा यादबले सर्बोच्च अदालतको राय लिने, छलफलको लागि ब्बस्थापिका संसदमा पठाउने जस्ता बैधानिक बिकल्पलाई लत्याउदै "म पनि राज्य हु" भन्ने शैली आत्मसात गर्दै समानान्तर शासक बन्ने प्रयास गर्नु घोर निन्दनिय छ।

संघिय गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगेपछि पनि डा यादबको नेपाली काग्रेससंगको मोह भंग नहुनु र छरपस्ट देखिने गरि घाटी जोडिनु तथा आफ्नो पार्टीको निहित र कुण्ठित स्वार्थको लागि प्रचण्ड जस्ता नेताले देशलाई अधोगति र युद्धको भुमरीमा झोस्न खोज्नु नागरिक सर्बोच्चताको ठाडो उपहास हो। अझ झलनाथ खनालले त राजनितिक ईमान्दारिताई धोती लगाउदै आफ्नो र सिंगो पार्टीको साख मात्र गिराएनन, माओवादी नेतृत्वको सरकार समेत गिराएर देशलाई थप अनिष्चयको भुमरीमा धकेले।

जनतालाई सधै भरिया बनाएर राज्य र पार्टीका शिर्ष पदमा बसेका भिमकाय नेताहरुले दलगत स्वार्थबाट माथि उठेर देश र जनतालाई केन्द्धविन्दु मान्दै कहिले राजनितिको कखरा पढलान? नेपाली जनताले राजनितिक दलबिनाको नयाँ नेपालको कल्पना गर्ने अनिष्ट दिन यिनीहरुको छुद्ध ब्यबहारले ननिम्त्याओस्।

मिलन बगाले
क्यामिन―६, बर्लाची तनहुँ

यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

  1. As always,
    Its a great article. Yes, Yadav did a great mistake. It would have been better if he could have limited himself as a president of the country. Taking About Prachanda, he is a dog and should be burn alive.

    Thank you,

    ReplyDelete
  2. I think president did the right things ! We shouldn't let maoist capture the country !

    ReplyDelete
  3. पोस्तक श्रेष्ठ5/8/09, 9:42 AM

    प्रमको सिफारिस अनुसार राष्ट्रपतिले काम गर्नु पर्ने हो, तर प्रमको सिफारिस पछाडि लुकेको नियत पनि सफा हुन पर्‍यो नि। सरकारका साझेदार दलहरु र सरकार बाहिर रहेका दलहरु सबैको असहमती र चर्को बिरोधको बाबजुद प्रधान सेनापतिलाई कार्यबाही गर्ने सिफारिस किन गर्न पर्यो? जे जे कारण देखाएर कटुवाललाई हटाउन खोजिएको छ, त्यो हदसम्म जान पर्ने आवश्यक नै थिएन। कार्यबाहीका अन्य स्वरुप पनि हुन्छन जस्तो सचेत गराउने, अर्थात चेतावनी दिने, सुबिधा कटौती, एक हप्ते निलम्बन आदि। माओबादीको सरकार कुनै एकमना सरकार होइन र एमाले सरकारबाट फर्किने बित्तिकै अल्पमतमा परिसक्यो र अल्पमतको सरकारले गरेको सिफारिश राष्ट्रप्रमुखले मान्नै पर्छ भन्ने छैन। मनमोहन अधिकारी ले संसद बिघटन गर्न गरेको सिफारिश विश्वनाथ उपाध्यायले उल्टाइदिएको यहाँ स्मरणयोग्यछ। बहुमत गुमाईसकेको सरकारले यस्तो महत्वपूर्ण निर्णय गर्ने नैतीक आधार पनि गुमाइसकेको अवस्था हो। यो केही होइन, माओबादीको हरुवा गोरुको छेरुवा दाउ मात्र हो। जताततै असफल भैसकेपछि सरकार बाट हटने सजिलो उपाय खोजेको हो। राष्ट्रपतिले बहुमत जनमतको आधारमा काम गरेका छन।

    ReplyDelete
  4. Sathi ke yek lakh payera nau lakh paune dau ma hola teshile yo lekh lekhnu bhayeko.

    ReplyDelete
  5. Postak ji ko bichar ma 100% sahamati ra sathi tara ANONYMOUS bannu bhayeko chha tesma pani sahamati hai. Aafno dune sojo parna nasakepachhi ko khel haru hun tyasma hami jasta sachet nagarik le sochn nai parchha la. Feri ek patak Postak ji ko kuro " haruwa goru ko chheruwa daau khelne bhaye eklai aau" kunai dal sanga milera jana nasakne ko bichar ho.
    Raghu

    ReplyDelete
  6. मिलन जी प्राय असल नियत राख्ने नेपालीले सोचेको कुरा पनि त्यही हो जनतालाई सधै भरिया बनाएर राज्य र पार्टीका शिर्ष पदमा बसेका भिमकाय नेताहरुले दलगत स्वार्थबाट माथि उठेर देश र जनतालाई केन्द्धविन्दु मान्दै कहिले राजनितिको कखरा पढलान? नेपाली जनताले राजनितिक दलबिनाको नयाँ नेपालको कल्पना गर्ने अनिष्ट दिन यिनीहरुको छुद्ध ब्यबहारले ननिम्त्याओस्।
    भोली भोली भन्दा भन्दै बितीगयो अब बक्सियोस झोली भने जस्तै छ अहिले नेपालको स्थीती।

    ReplyDelete
  7. Milan Ji,

    there are so many things that had to be started where should we start from :

    1) Maoist when doing aggrement with 7 parties why they did in India , maoist to whom they way were represting Indian people or Nepalese People.
    2 ) Milan ji what whould happen if u and I start go to jungle and start our own militia and then tomorrow when both of us are in power we want our militia to be admitted to army.What would happen tomorrow if everybody like maoist going to Jungle.
    3) Milan ji, who gave maoist or 7 parties to decide wheather Monarchy should be there or not, remind u I amn't king supporter , but isn't democracy rules says when u r taking such a big decision Referrendum is a must.
    4) Milanji, what u think, why Gyane was thrown, u think maosit threw him or 7 parties or we people threw,no body threw him but India threw him.
    Remember Gyane in SAARC summit in Dhaka few years back when he Vetoed for China's membership that was the end of Gyanendra,remember if Gyane would have done it today he would still have the king timing was different coz today's geopolitical situation is different from the one we had in 2006.
    5) last but not the least what is happening in Nepal is survial for the two super powers to see how much influence they will have in whole south asia and Nepal being the most strategic place after Afghanistan , expect lot more in the future, this is what we are seeing is sucha trailor wait for action movie.
    Thanks

    ReplyDelete
  8. Anonymous !
    I absolutely support your idea. What ever happens in Nepal, its the india's choice !
    But i am agains't the idea of the writer. What ever the president did, he did a good job !

    ReplyDelete
  9. its true bro. i also agree with u

    ReplyDelete
  10. Bro excellent analysis
    keep it up

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ