Skip to main content

शक्तिखोरको सर्बोच्चता

बगाले, मिलन मिलन वगाले
क्यामिन – ६, वर्लाची तनहुँ


नागरिक सर्बोच्चताको दुहाई दिदै नेपाली राष्ट्रिय सेनाको चेन अफ कमाण्ड चुडाल्ने र त्यसको लगाम आफ्नो हातमा पार्ने भयानक षडयन्त्रको तानाबानालाई राष्ट्रपतिको कदम एवम् राष्ट्रिय अन्तराष्ट्रिय दवाबले पाता कसेपछि लोकतान्त्रिक नेपालको शक्तिशाली प्रधानमन्त्रिबाट कामचलाउमा झरेका मेरा आदरणीय पुष्पकमलले चाहेको नागरिक सर्बोच्चताको नकाब शक्तिखोरे भिडियोले उतारिदिएको छ।

नागरिक सर्बोच्चतालाई सैन्य शति्कको खोरमा लगेर थुन्ने र देश जनतालाई सर्बसत्ताबादको बन्धक बनाउने कुण्ठित स्वार्थलाई दलाल पुजीपति द्वारा सञ्चालित “ठुला“ मिडियाहरुले प्रसारण तथा प्रकासन गरेपछि माओबादी लोकतन्त्र प्रति साच्चिकै इमान्दार छन् भन्ने ऐठनमा परेका साना ठूला सबै दलहरुको उसँगको मोह भंग भएको छ।

लोकतन्त्रको प्रतिबद्धताबारे हजार माला जपेपनि र नागरिक समाजका अखिल अगुवाहरुलाई राष्ट्रपतिको दैलामा लगेर उफारे पनि कसैले नपत्याई दिएपछि भाले हुने माओबादीको सपना अण्डा नकोरलिदै फुट्न पुगेको छ। युद्धको मोर्चा र रणनितिबाट टसमस नभएका क्रान्तिकारी कमरेडहरुको यो शति्क लिप्साले सग्लो र सङलो जिन्दगी जिउने सपना साचेर बिगत तीन बर्षदेखि खोलको किनार, जंगलको छेउ र बाढीले बढारेको बगरमा थापिएका झुत्रे पालभित्र भेडाबाख्रा झैं थुनिएर बसेका गरिब नेपालीका छोराछोरीको भाग्य र भबिष्य अन्योलमा पर्ला जस्तो छ। शति्कखोरे भिडियोलाई कुबेरको खजाना भेटाएझै एकथरी सेना समायोजन गर्नैहुन्न भनेर सडक तताउदै छन् भने अर्को थरी आगो झोसे पडकीदिने बारुदे भाषा ओकल्दै छन्।

यसरी नागरिक सर्बोच्चताको भाले जुधाई अन्तत लडाई र सैन्य उन्मादको उत्कर्षमा पुग्ने ननिको ल73यण देखा पर्दै छ। सैन्य बलको शति्कलाई नागरिकको खोरभित्र थुनेर शान्तिको धिपधिपे बत्ति जोगाउन सबै थरिको तुफानी अहंकार रोकिनु बाहेकको अरु बिकल्प छ्रैन।

मिलन बगाले
क्यामिन―६, बर्लाची तनहँु
milanbagale@yahoo.com



Comments

  1. Excellent Writing !

    ReplyDelete
  2. अरुलाई भारतीय दलाल भन्ने प्रचन्डले आफ्नो आङको भैसी चाँही देख्ननु भएनछ । यो कुरा त आँफैले पनि स्वीकार गरी हाल्नु भयो नि त्यो हिन्दी पत्रीकालाई हिन्दी भाषामा अन्तर्वाता दिदा । नेपालका सबै राजनीतिक नेताहरु भारतका टटुहरु हुन आफ्नो दुनो सोझयाउन ।

    मिलन जी, तपाईंको लेख राम्रो छ । राम्रो नराम्रो जस्तो सुकै कमेन्ट आए पनि लेख्दै जानु होला ।

    ReplyDelete
  3. I totally agree ! Great write up !

    ReplyDelete
  4. बुझाई र बिश्बास को कुरा आ- आफ्नै ठाउँ मा छ ----
    फगत के कमेन्ट गरु यस् अर्थ मा ----
    बरु फेरी पनि तपाईंको लेखनशैली को भने प्रसम्शा नगरि बस्नै सकिन !
    बिचार त सबैको एकै कहाँ हुन्छ र ! होइन त मिलन जि ?
    शक्ती खोर को भिडियो प्र करण लाई अहिले देखाउनु र त्रास श्रीजना गराउनु त मा त्र भ्रम छर्ने काम गर्नु हो । छ रे पनि तर त्यो उम्रिने छैन ----
    लौ ! कमेन्ट लेख्दिन भनेको त लेख्नै पुगेछु !
    -----------------
    एउटा सिपालु इन्जिनियर ले तयार गरेको डिजाइन मार्फत बनेको कलात्मक घर झै लाग्छ तपाईंको लेखन शैली ।
    अब अर्को उदाहरण दिएर भन्नु पर्दा सिपालु भान्से ले बनाएको खाना जस्तो ! " थोरै तर चट्ट ! मिठो ! " अनी खाई सके पछी पेट भरिए पनि अल्ली खान पाए हुन्थियो जस्तो लाग्ने स्बाद ले गर्दा --- तपाईंको लेख हरु पनि त्यसती- त्यस्तै छ । एकदम स्बादिलो !
    लेखी रहनु होस् ! निरन्तरताको शुभ कामना हिर्दय देखी नै ।

    ReplyDelete
  5. This comment has been removed by a blog administrator.

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ