Skip to main content

लघुकथा (नेता)

संगम मरुमूमि
क्यामिन–५, तनहूँ


बाटोमा एउटा महिलाको वेवारीस लास थियो। सबै गाउँभरिका मान्छे मौनताका साथ खिन्न मुहारमा हेरीरहेका थिए। लास त्यस्तै १६–१७ वर्षकी महिलाको थियो। शरीरका सबै कपडा च्यातिएका थिए। लवाई खुवाई हेर्दा गरीब महिलाको जस्तो थियो। केही क्षणपछि गाउँलेले नजिकैको प्रहरी चौकीमा गई प्रहरीलाई लिएर आए। प्रहरीले लासको सबै स्थिति जाँचबुझ गरी मुचुल्का तयार गरे। लासका सबै स्थिति हेर्दा वलत्कारीबाट मृत्यु भएको प्रहरीले ठहर्‍याए। केही छिन पछि पारी गाउँका नरे काका पनि त्यही आइपुगे। लास देख्ने वित्तिकै उनी वेहोस भई लडे, उनलाई पानी छ्यापेर होशमा ल्याइयो। उनी रुदै भनिरहेका थिए “प्रहरी साव यो मेरो छोरी हो हिजो बजार गएकी थिइ आइन ................. आज यो स्थितिमा छे ............. '' भन्दै उनी रोइरहेका थिए। त्यसै बेला निरीक्षकको आँखा मृतकको हातमा रहेको बस्तु माथि पर्न गयो। त्यो वस्तु एउटा टोपिरहेछ। टोपि हेर्दा एउटा धनी मानिसको जस्तो थियो। त्यसै बेला नेता आइपुगे। लास हेरेर नरेकाकालाई अपराधी पत्ता लगाउने आश्वसन दिदै थिए।


त्यतिकै बेला प्रहरी निरिक्षकले टोपी हातमा उठाउँदै गाउँलेलाई यो टोपी कस्को हो? तपाईहरु चिन्नु हुन्छ? प्रहरी निरिक्षको प्रश्नले सबै गाउँले चुपचाप भए, नेता भने डराएको अनुहारमा थिए। गाउँलेका निम्ति त्यो टोपी अपरिचित थिएन, मात्र उनीहरु बोल्न सकिरहेका थिएनन्। प्र.नि. ले फेरी त्यही प्रश्न दोहोर्‍याएपछि गाउँलेले एकै स्वरमा टोपी नेताको हो भनि जवाफ दिए।

गाँउलेको कुरा सुनेर नेताले आत्तिदै टाउकामा हात पुर्‍याए। उनको टाउकोमा सधै झैँ कालो टोप िथिएन। सबै नेता भनि चिनाउने कालो टोपीले आज अपराधी भनेर चिनाउन पछि परेन, प्रहरीले नेतालाई शुद्ध प्रमाण सहित कतकडी लगाएर लादै थिए। नेता घोसे मुन्टो लगाएर आफूले गरेको अपराध र कालो टोपी सम्झी रहेका थिए।




[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ