Skip to main content

बेथितिको गुजुल्टो

बगाले, मिलन
मिलन बगाले
क्यामिन―६, बर्लाची तनहुँ


डाङडुङे ड र कुकुरपूछ्रे ढ झै घुमि्रएका बाटा। कुनै डेडहाते त कुनै तीनहाते। दायावाया ५ ― ६ तले घर। सबै लस्करै जोडिएका। चिडियाखानामा थुपारिएका थरिथरि जनावरको भेलाझै लाग्ने रङ्ग न ढङ्ग का विरुप घरहरु अर्थात आर्किटेक्चरल जू दृष्य । न हावा छिर्ने झ्याल न घाम छिर्ने प्वाल। सबै एकमुखे ओढार अर्थात दिउसै अन्धकार ओढेर बसेका १० या १२ फुटे कोठा। नमस्ते र दुईटा गोला बाख्रेखुट्टे पिलन्धरे पिलरलाई डिजाईन भन्दै दङ्ग पर्ने टेस्टविहिन जिब्रो जस्ता घरधनी। मुस्किलले भेटिने खाली जग्गा। कथम कदाचित भेटिईहाल्यो भने बर्बाद। त्यो टोलमा बस्न छोडदे भैगो। खुल्ला शौचालयदेखि डम्पींङ साईट सम्म। टु या थी्र ईन वान। फुटेका ढल र झका्रमा फलेका काक्रा र घिरौलाझै बेथितिसग झुण्डिएका तारैतार। धुलो मैलो र हिलोको बाह्मासे त्रिवेणी अर्थात सडक। कुरो बुझ्दै हुनुहुन्छ होईन? यो कुनै कुम्भीपार्क नर्कको बखान होईन। राजधानी भनिने काठमाडौ को यो आर्किटेक्चरल बेथितिले यो शहर ससारकै सबभन्दा भद्दा, कुरुप, फोहोर र अनेक भैतिक समस्याको सन्जालले बेरिएको छ भनेर जोसुकैले अनुमान लगाउन सक्छ।

कुरो अब सेवा सुबिधाको अङ्घात (यो शब्दलाई हाम्रो समाजले अपाङ्ग भनेपछि मात्र बुझ्छ) भएका जति सबै आत्महत्या गरेर मर या यो शहर छोडेर जाउ भन्छ यसको सरचनाले। एउटा स्वथ्य र बयस्क मान्छेलाई मात्र गरिखान दिन्छ यो शहरले। विभिन्न किसिमका अंघात भएका लगायत अशक्त, बालक, बृद्रबृद्रालाई पाईला पाईलामा धराप थापेर राखेको छ यसले। एउटा होचो कदको मान्छेले धारो देख्छ टुटी भेटदैन, ट्वाईलेट देख्छ चुकुल भेटदैन र बङ्खी देख्छ स्वीच भेटदैन। एउटा अग्लो मान्छेल बनाएको सजाय आफुले बेफ्वाकमा भोग्छ र आफुलाई अपाङ्ग भन्दै हिनताबोध बोकेर हिडछ। कुनै बच्चा सार्वजनिक शौचालय छिर्यो भने उसको मुखले समेत युरिनल प्यान नभेटेपछि उ भित्तो ताक्न विवश हुन्छ ।

अर्को बेथिति त रत्नपार्कनिर छ। बालक कदको ज्यानमा बृद्र टाउको बोकेर अत्यन्त विरुप, कुरुप र दहनिय हालतमा भेटिएका गणेशमानजीको पश्चिमपट्टिको सार्वजनिक शौचालयको निर्माण कुनै हिन्दु देवी देवताको मन्दिरको झल्को मेटाउने गरि बनाईएको छ। माथि सिरानमा एउटा गजुर पनि हाल्देको भए खास्सा हुने थियो। सार्वजनिक भवन, बिधालय र मठमन्दिरमा र्यामको सट्टा सिढि लगाएर व्हील चियरलाई सदाको लागि प्रवेश निशेध गरिएको छ। यो मानसिकता कहिले र कसले भत्काउने? सबै ठाउमा दर्शन गर्ने होईन? या म मदत गरु? भन्दै राजेश हमाल टुप्लुकिने होईनन् होला। कि कसो?

पूर्व नगरपिता पि एल सिङ को पालामा पैसो भित्रिएर भूतपूर्व नगरपिता केशव स्थापितको पालामा छ्यासछ्यास्ती बनेका आकाशे पूल नामक दुईमुखे सुरुङहरु चोकचोकमा बसेर रक्सी र चाउचाउको ब्यापार गर्देछन। सगरमाथा चढेझै लाग्ने यो सिमेन्टको पहाड मास्थिरको ढिस्कोलाई ठूल्ठूला होर्डिङ बोर्डले छेकेर काठमाडौ महानगरपालिका आफ्नो अगस्ती भुडी भर्न ब्यस्त छ। कुनै डरलाग्दो सुरुङमा हिडेको झल्को मेटाउने यो सिमेन्टको पहाडमा दिउसै मान्छे लुटिने थालेका छन्। मान्छेको मलमूत्र थन्काउने थप ठेक्का समेत पाएको छ यसले।

अब पालो शहरी सुरक्षाको। सुरक्षा भन्ने चीज राजामहाराजालाई मात्र चाहिन्छ भन्ने दरिद्र मानसिकताबाट ग्रसित थिए हाम्रा निति निर्माताहरु। नारायणहिटि वरपर अग्लो घर बनाउन नपाईने नियम अझै जिउदै छ हाम्रामा। पत्रकार चुडामणि भट्टराईले केही दिन अघि एक पत्रिकामा लेख्नु भएझै हामीलाई सुरक्षा दिन्छौ भन्दै कुखुराको जत्रो छाती तन्काएर बसेका सुरक्षा अंग लगायत सिङ्गो देशको पुरै प्रशासन समालेर बसेको सिहदरबार र बिरेन्द्र सम्मेलन केन्द्र हरुको वरिपरि गगनचुम्बी भवनहरु ब्निरहेका छन् र केही बन्ने क्रममा छन। ति भवनहरुबाट भोलि हुने सम्भावित हमला र निगरानी ले गर्दा यि ठाउहरु हाई सेक्युरिटि रिक्स मा छन्। नियम कानुनको अभावमा ठूला भवन बनाउने काम रोक्न नसकिएको भनि योजनाविदहरुको भनाई आएको भएपनि मन्त्रिपरिषद भने यति गम्भीर बिषयबाट बेखबर भएर बसेको भान हुन्छ।

यति बखान सुनिसकेपछि तपाई अझै देशको राजधानीमा बसेको कोरा कल्पनामा मग्न हुनुहुन्छ? म त बारुद टम्म भरेर पडकाउन ठिक्क पारिएको ग्रिनेडको डल्लोभित्र निस्सासिएर बसिरहेको अनुभव गरिरहेको छु।

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. हाम्रो राजधानी को कटु सत्य छर्लाङ्ग पारि दिनुभयो तपाईको यो प्रस्तुती मार्फत ! नमस्ते र दुईटा गोला बाख्रेखुट्टे पिलन्धरे पिलरलाई डिजाईन भन्दै दङ्ग पर्ने टेस्टविहिन जिब्रो जस्ता घरधनी हरु को बखान पनि रमाईलो लाग्यो ! रत्नपार्क को बृतान्त अनि सौचालयमा भोग्नु परेको कठिनाई , सार्है मिठो तरिकाले पस्कन सफल भयको छ तपाईको यो लेखले !
    सपनासंसार

    ReplyDelete
  2. Khatra lekhai chha...
    Keep it up brother !

    ReplyDelete
  3. very good yar.

    ReplyDelete
  4. very good


    sanjiwan

    ReplyDelete
  5. Really it is very true and it is life of our capital where great leaders live.
    Mama, UK

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ