Skip to main content

सपना !!‏




चकेन्द्र राई”कैदी”
हाल :- दोहा, कतार



सपना,

यथेष्ट पिल्सिएको आत्माको सुगन्दित र आकर्शक सपनाबाट मुरी मुरी सादुवाद ! !

आज मलाई यति असजिलो भइरहेको छ, सायद यत्तिको अफ्ठ्यारो त सर्वप्रथम सगरमाथा चढ्नलाई तेन्जिङ र एड्मण्डलाई पनि भएको थिएन होला । उनीहरुलाई त थाहा थियो सगरमाथाको चुचुरोमा पुग्नलाई सबैभन्दा पहिलो पाइला सगरमाथाको फेदिमा नै राख्नु पर्छ भनेर । तर मलाई आज यो पत्र कसरी शुरु र अन्त्य गर्ने भन्ने अस्पष्ट भएकोले होला यति अफ्ठ्यारो लागिरहेको छ । आज तिमी प्यारी सपना, प्राण प्यारी सपना, अर्धाङ्गिनी सपना जस्ता सबै आफनत्वको शव्दहरुबाट पर तिमी संवोधान विहिन भएकी छौ

जिन्दगी दुई दिनकै भए पनि अनेकौं समस्याहरुसँग लड्दै मुकाविला गर्दै जीउनु पर्दो रहेछ । थुप्रै थुप्रै दुख: सुखका अनुभवहरु संगाल्नु पर्दोरहेछ । सायद त्यसैले भन्ने गर्छन् – जीन्दगी अनुभव हो , भोगाइहरुको सम्पूर्णता हो ......।

तर विछोडको पिडाहरु भने जीवनको अनौठो व्यथा भएर सधै वल्झिदिंदो रहेछ । हरपल चिमट्दो रहेछ, रातदिन आँशुको सागरमा डुव्दै वेदनाको ज्वालामा जल्नु पर्दो रहेछ । अनि मिठो मिठो कल्पनामा हराउदै सपना भित्रको विपनामा आफ्नो भविष्यलाई चियाउनु पर्दो रहेछ । म अलिकति साहस वटुलेर तिनै भोगाइहरुलाई गम्भिर भएर सोंच्छु……… ? जताततै अन्धकार नै अन्धकारले छाउन थाल्छ । आफू बाँचिरहन पनि घृणा लाग्छ । यस्तो लाग्छ यो मतलवी संसारबाट सधै सधैको लागि विदा लिऊ , तर मर्न झनै ठूलो साहस चाहिंदो रहेछ । सायद आफूमात्र भएको भए .... ! आजपनि मेरो मनमा ताजै छ, म सानै छदा ममीले भन्नुभएको कुरा, उहाँले भन्नु भएको थियो “ छोरा भनेको आशाको लौरी हो, जो अभावको दुवाली छेक्न सकिने दुख:को उकालोमा टेक्न सकिने ” निश्चय नै मेरो वुढा आमा, वावाहरुले आशाका पहाडहरु विश्वासका हिमालहरु चुलाएर प्रतिक्षा गरिरहनुभएको छ । अर्कोतिर निर्दोष कलकलाउदी प्यारी नावालिका छोरी “श्रृजना” यति बेला मैले मेरो भावनालाई भन्दा कर्तव्यलाई नै अगाल्नु परेको छ ।

सपना ! आज तिमीसँगैको स्वर्णिम बर्षहरुको अविस्मरणिय अतितको सारांश लेख्ने प्रयास गर्ने छु । तिमिले दिएको अनुपम उपहारहरु सकेसम्म सम्झेर सम्ट्ने प्रयास गर्ने छु । तिमी मेरो जीवनमा विपना भएर आयौ, सपना भएर विलायौ । साँच्चिनै भनौ भने विश्वको सबैभन्दा वियोगान्त मानिने “इडिपस” भन्दापनि वियोगान्त छ तिमीले दिएका उपहारहरु ….। इडपसले त आफ्नो वियोग खप्न नसकेर आत्महत्या गर्छ । म त कांतर छु, त्यसैले आत्महत्या गर्ने दुस्साहस पनि गरिन । तिमी त चाहन्छौ इडपस जस्तै आत्महत्या गरोस भनेर । म तिम्रोलागि यो दुनियाँमा बाँच्नु हुँदैन यहि चाहना तिम्रो होइन त ? जसरी विरेन श्रेष्ठले क्रुरताको सबै सिमा काटेर ख्याति श्रेष्ठको विभत्स हत्या ग-यो । त्यसरी नै तिमीलेपनि मेरो निर्मम हत्या गर्न चाहन्थ्यौ । भनिन्छ – दुश्मन लागेर केही हुँदैन भगवान नलागुन । यस्तै भयो मेरो साथमा पनि, तिम्रो लाख लाख प्रयास अन्तत: असफल नै रह्यो । म आज तिम्रो वहिनी र ज्वाइलाई हार्दिक कृतज्ञता प्रकट गर्दछु । जसले मलाई बचाएर रातारात काठमाण्डौ फर्काएका थिए ।

सपना ! एक दशक वितेछ हामी श्रीमान,श्रीमती भएकोपनि । आज त्यो हाम्रोबीचमा केवल याद मात्रै बाँकी छ । हामी नदिका दुई किनार भयौ जो समानान्तर छन् । तर आपसमा कहिल्यै भेटिने छैनन् ......... ! भनिन्छ – सुखका समयहरु छोटो हुन्छन् । थाहै नपाई १० बर्ष बितेछ, हाम्रो त्यो १० बर्ष यति रमाइलोसँग बित्यो कि – कहिल्यै हाम्रो नमिटो बचनसम्म भएन । प्रेम विवाह असफल हुन्छ भन्नेहरुकोलागि हामी गतिलो जवाफ जिउँदो उदाहरण थियौ । हाम्रो मेलमिलाप देखेर सबै छक्क पर्थे । हाम्रो “परेवा प्रिती” रे । हुन पनि यो लामो समयसम्म एक रात दुई खाटमा सुतेनौ हामी , हामी आफै आफै दंग थियौं । मायाको , विश्वासको कुनै सिमा थिएन । मलाई यस्तो लाग्थ्यो – कलियुगकी सत्यवती सावित्रा मेरी प्राणप्यारी सपना नै हुन । तपाँइहरुले कुनै न कुनै दिन देख्नुभएको होला कसैले कसैको लास जलाउदै गरेको ………… । तर म आफ्नै लास जलाउदै छु । आफू जल्दै गरेको मुकदर्शक भएर हेरिरहेको छु । नचाहेर पनि तिमीसँग टाढा भएर बस्न वाध्य भएको छु । मेरो दुनियाँ अन्टार्कटिका महादेश जस्तै अन्धकार भएको छ । त्यहाँ त ६ महिनापछि उज्यालोको आशा गर्न सकिन्छ तर म ....... !

मैले जीन्दगी दुखमा जिउन तिमीसँगै सिकें । कुनै दिन एकरोटी आधा आधा खाएर एकले अर्काको मुख हेर्दै आन्नद र सन्तोषले पनि निदाएका थियौं । जाडो याममा माकुरीको जाल जस्तै पछ्यौरा ओढेर पनि रात काटेका थियौ । आजपनि सपनीहरुमा तिमी मेरो अंगालोमा नै हुन्छौ………….!! तर यथार्थमा तिमी त मेरो सिंगो आकाशगंगा भन्दापनि पर छौ । यस्तै असजिलो जीन्दगीको गोरेटोहरुमा हिंड्दै गर्दा हाम्रो सन्तानको रुपमा छोरीले जन्म लिइन् । उनको नाम “श्रृजना” जो तिम्रो र मेरो मायाको अमूल्य श्रृजना थियो । फेरि हाम्रो खुशीको अर्को सगरमाथा थपियो । छोरी वढ्दै गइन र स्कुलमा पनि भर्ना गर्यौ । एक दुई हुदै श्रृजनापनि क्लास चारमा पुगिन । काठमाण्डौको महंगाई खर्च बढ्दै गएपछि घर चलाउन गाह्रो हुन थाल्यो र तिम्रै सल्लाह अनुसार म २०५८ मंसिर २ गते मलेशिया तर्फ प्रस्थान गर्दछु । तिमीलाई सुखसँग राख्ने मेरोपनि चाहना थियो । त्यसैले म तिमी र छोरी श्रृजनालाई छाडी प्रदेशिय । त्यो समयमा मेरो मनभित्रको वेदना यी शव्दहरुमा व्यक्त गर्न सक्दिन सफल कथाकारले एउटा गतिलो वियोगान्त कथा लेख्ने थियो तर म महशुस मात्र गर्न सक्छु व्यक्त गर्न सक्दिन ।

एकजना सज्जनलाई मैले सोधेको थिएँ । प्रेम असफलका कारणहरु के के हुन सक्छन ? उत्तरमा ती सज्जनले भनेका थिए जव दुईजना बीचमा प्रेम भन्दा वढी महत्वमा अरु कुराहरु पर्न थाल्छन् । त्यतिवेला दुनियाँको कुनैपनि प्रेम असफल हुन्छ । यो भनाईसँग मेरो पनि सहमति नै छ । भन्छन् – हरेक मान्छे एउटा सुनौलो अवसरको खोजीमा हुन्छ जव त्यो अवसर प्राप्त हुन्छ तव उसले जे त्याग्नु परेपनि जे अपनाउनु परेपनि अपनाउछ । त्यस्तै ग-यौ तिमीलेपनि एउटा सुनौलो जीन्दगीको कल्पना गर्दै एउटा धनी केटासँग विवाह गर्ने तिम्रो निर्णयले मेरो मायालाई वेवास्ता मात्र गरेन छोरी श्रृजना आमा वावा हुँदाहुँदै टुहुरी भइन । श्रृजनालाई सकेसम्म आमाको अभाव महसुस नहोस् भन्ने चाहेर उनलाई सवभन्दै धेरै ख्याल गरिरहन्छु । तर मान्छे आफ्नो जन्म दिने आमालाई कुनै मूल्यमा भूल्न चाहदैनन् र भुल्न सक्दैन पनि तर पनि म उनलाई हर सम्भव यही प्रयास गर्नेछु । छोरी मात्र होइन असल छोरी, राम्री छोरी र आदर्श छोरी वनाउने प्रयास गर्नेछु । मेरो छोरी देखेर दुनियाँ छोरीप्रति विश्वास गर्नेछन् आमा वावा हुँदाहँदै टुहुरी वनेकी छोरी यो दुनियाँको नमुना छोरी वनाउने छु । त्यतिबेला सबै आमावावाहरु गर्वका साथ भन्नेछन् वाह ! यस्तो पो हुनु पर्छ छोरी.......!

सपना ! तिम्रो बारेमा सुनेर मलाई दुख लाग्दैछ । हुन त म तिमीलाई यस्तो हुँदा ताली बजाउनु पर्ने हो । तर म तिम्रो उज्जल भविष्यको कामना गर्दछु । तिमीलाई यस्तो मान्छेले विहे गरेछ जसले तिमीलाई श्रीमती भनेर आफ्नो घरमा लैजाने आँट सम्म गर्न सकेन । कतिदिनसम्म तिमीलाई लुकाएर राख्छ……….? हुनत यो मेरो मन दुखाइको होइन तरपनि म तिम्रो कुभलो कहिल्यै चिताउदिन जतिबेला तिमी कुवेर अनि म सुदामा हुनेछौं त्यतिबेलापनि तिमीलाई म यही कामना गर्ने छुँ । सपना, म चाहन्छु अर्को जन्म लिने मौका मिल्यो भने म तिम्रो जीवनसाथी भएर बाँच्न चाहन्छु । त्यतिबेला म तिमीलाई यो जीवन र जगतको साँचो दर्शन गराउने थिएँ । पैसा जीवन र मायासँग तुलना हुदैन भनेर त्यस्ता धेरै दाहरण देखाउने थिएँ, सुख र आनन्दको अर्थ बताउने थिएँ, ठुलो मान्छे र राम्रो मान्छे हुनुको फरक बताउने थिएँ । तिमी सुखमा बाँच्न चाह्यौ ठिकै छ म त तिमीलाई सुख दिन सकिन यही मेरो गल्ती हो र ? अनि मलाई यो सजाय दियौ ?? यो तिम्रो प्रेरणाले म राम्रो मान्छे बन्न चाहन्छु !! सुखमा होइन आनन्दमा बाँच्न चाहन्छु । किनकी सुख वाहिय हो भने आनन्द आन्तरिक हो । साँचो जीवनको दर्शन आन्नदबाट मात्र पाउन सकिन्छ नकी सुखबाट, अनि सबै ठूलो मान्छे राम्रो हुँदैनन् तर सबै राम्रो मान्छे महान पक्कै हुन्छऩ् । म महान हुन चाहन्छु जहाँ तिमी जस्तो मान्छेपनि अट्नेछन् ।



अन्तमा, तिम्रो म र मेरो साथमा पुरा नभएका सम्पूर्ण सम्पूर्ण अधुरो सपनाहरु पुरा होउन् । यसरी भोलि अलपत्र परेको मैले सुन्न नपरोस् सपना ।

भन्छन - पाप धुरीबाट कराउछ, तिमीलाई समयले त्यही दिइरहेको त छैन ?? तर म अझपनि तिम्रो जीन्दगिको सफलताको कामना गर्दे हार्दिक हार्दिक सुभकामना दिन चाहन्छु । सकभर तिमीलाई देख्नु नपरोस् यदि देख्नु परेमा यो हालतमा सुन्नु र देख्नु नपरोस् ।उही तिम्रो भुपु प्रकास घले

नोट : प्रकाश घले { ऩुवाकोट } प्रति समर्पित छ ।





[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ