राजु लामिछाने (जुदने)
माझठाना–६, कास्की
हालः हप्किन्स, मिन्नेसोटा
मन भरी शंका पाल्छ,
पाईलै पिच्छे तगारो हाल्छ,
न अगाडि सर्छ, न अरुलाई सर्न दिन्छ, यो दुनिया।
बलेको आगो ताप्छ,
हुने खानेलाई काखी च्याप्छ,
निर्धोलाई न बाँच्न दिन्छ, न मर्न दिन्छ, यो दुनिया।।
कसैको खुशीको क्षण,
उसलाई शुभकामना दिएर,
आफ्नो मन धमिलो बनाउन सक्छ, यो दुनिया।
कसैको दुःखको क्षण,
उसलाई समबेदना दिएर,
मन मनै खुशियाली मनाउन सक्छ, यो दुनिया।।
न दया माया छ,
न त यसमा विबेक छ,
जता फाईदा हुन्छ उतै लाग्छ, यो दुनिया।
नपाए वास्तै गर्दैन,
पाए जय जय भन्छ,
हेर्नुस न कस्तो नकचरो छ, यो दुनिया।।
त्यसैले अब त
झुटलाई सत्य, सत्यलाई झुटमा बदलेर
रातोलाई सेतो भन्नु परेको छ।
नौटंकी बनेर
कहिं खुट्टा खोच्चाउँदै त कहिँ आँखा बन्द गरेर
दुनियासँग दोस्ती गर्नु परेको छ।।
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
IT'S TRUE, NICE ONE!!!
ReplyDeleteयस्तै छ दुनियाँ, नभइ पनि हुन्न, भएर पनि हुन्न। निकै राम्रो कबिता छ। यो तलको पङ्ती चाँही सार्है मन पर्यो मलाई। कती सम्म स्वार्थी र निच छ त दुनियाँ यो पङ्ती बाट प्रस्ट हुन्छ।
ReplyDeleteकसैको खुशीको क्षण,
उसलाई शुभकामना दिएर,
आफ्नो मन धमिलो बनाउन सक्छ, यो दुनिया।
कसैको दुःखको क्षण,
उसलाई समबेदना दिएर,
मन मनै खुशियाली मनाउन सक्छ, यो दुनिया।।
कलम चल्दै गरोस दाई! शुभकामना!
उपमा
I like !
ReplyDeleteI like like!!
ReplyDelete