Skip to main content

आफ्नै गुनगुन,: हङ्कङ्ग एअर पोर्ट !



आफ्नो विभिन्न यात्रा को समयमा धैरै ट्रान्जिट हरुमा समय बिताउनु परेको थियो । ट्रान्जिट समयमा के गरौ के गरौ भैरहने यो पंक्तिकारलाई भने आजको हंङ्कङ्गको ८-१० घण्टे लामो ट्रान्जिट समय पनि कमिनै लाग्यो । सूचना प्रविधि (Information Technology) को क्षेत्रमा सर्वसाधारण जनताले पाउने सबैभन्दा सुविधामामुलक राष्ट्रको मेरो अड्कल बाजलाई आज हङ्कङ्गले पछारेको छ। भिजिटर भिसा को लागि समय अभावले गर्दा आफ्ना नातेदार तथा मित्रहरु अनि सपनासंसारका शुभेच्छुक मित्रहुरु हङ्कङ्गमा हुदाहुदै पनि भेट गर्न सकिएन । एक छिन त नियाँस्रो नै लागेको थियो तर पनि एअरपोर्टमा प्राप्त निसुल्क इन्टरनेट तथा टेलिफोन सेवाले मेरो यो नियास्रोपन लाई उत्साह मा परिवर्तन गरिदियो । बढा गजब को ठाउँ रहेछ , हङ्कङ्गभरि जहाँ फोन गरे पनि निःशुल्क पो रहेछ बा् । अनि वाईरलेस ईन्ट्रनेट पनि नि:सुल्क , अनि यो कम्प्युटर कीरोलाई के नै चाहियो र !
९ घण्टा को ट्रान्जिट पनि अपुरो नै लाग्यो। धीत मर्ने गरि कुरा गरे केही साथी हरुसंग मानौँ कि यस्तो कुराकानी प्रत्यक्ष भेटमा पनि हुँदैन । एअरपोर्ट कति सफा , कर्मचारीहरू कति सहयोगी , कस्तो राम्रो बेवास्ता, कहिले सिक्ने हामी यो पाठ !

जदौँ




[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. Heard about your experience at the Minneapolis airport. What a shame!

    I think it was dishonest of the travel agent that you bought the ticket from to not tell you that this has happened in the past.

    ReplyDelete
  2. Bhasu,
    Thanks for your comment. I wonder if its the fault of my travel agent. My parent flew the same route without any problem. I believe the Problem is on NWA side.
    Take care,

    ReplyDelete
  3. Bishow, I hope you are having a great time at home.

    That NWA did not let you board is obviously an issue on NWA's side. I was suggesting that the travel agency should have let you know that there have been such problems caused by NWA in the past. It is not like they did not know.

    ReplyDelete
  4. Bishow, I hope you are having a great time at home.

    That NWA did not let you board is obviously an issue on NWA's side. I was suggesting that the travel agency should have let you know that there have been such problems caused by NWA in the past. It is not like they did not know.

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ