ज्ञानबन्धु के.सी. मनकाप्रेमी हाल न्यूर्योक
मध्यपश्चिम ग48डकी क्षेत्रमा श्रवण कुमार पुगिगए ,
अन्धाअन्धी थिए मातापिता रुदैरुदै कार्कीनेटामा बिलिन भए।
ब्याधालाई के थाहा श्रबण कुमार छन कहाँ भनी
पानी खोज्न गएका श्रबण बिचरा पोखरी छेउमा गयो ज्यानपनि।
आँसु अविरल बगी रह्यो अन्धाअन्धीको आँसु बगेर आँधी बन्यो,
बग्दै बग्दै तल बेसीमा झरी सेती,खहरेमा मिली महानदी भयो।
साथ पायो आँधीले अन्तरे पाखाको नदी बनी बग्न फाँटफाँटमा,
सिँचाइ र मनोरञ्जन पाए लोकले, बिजुली बल्यो बेसीका काँठकाँठमा।
मेरो प्यारो आँधीखोला बगेको छ शीरदेखी काली गण्डकीसम्म,
चण्डीकाली भिर्कोट गह्रौ आलमदेबी दोहोरो साँक्षीबनी माझमा फाँट छ लमतन्न ।
बगाउँछ फोहरमैला शहर बजारको पार्छ वातावरण सधै सुद्द सफा आकर्षक,
पर्यावरण फोहरीनाले सुक्दैछ हिउँदमा दुःखको बन्दैछ, व्यथा कथा छक्क छन दर्शक।
बर्षायाममा तन्नेरी हुन्छौ, बगाउँछौ खेतबारी सुकुम्बासी टहराहरु पनि,
बाडी पैरो रोक्न वृक्षारोपण र गरौँ हुन्छ सबै हराभरा मुल फुट्छ अनि।
लमतन्न लामो बगेको आँधी किन सुसाउछ् शून्य आधा रातमा सधैं,
माया गरौँ न मेरो आँधीलाई, पौडी खेल्दै माछा मारेको बिर्सेको छैन यसले अझै।
बाढी पैरो आउँदा सक्दैनौ थाम्न भार तिमी, हिउँदमा पाउदैनौ बुँद पनि,
वातावरण नास भयो परतः तात्यो ओजनले छेक्न सकेन, गर्मीतातो पनि।
पानी पर्दैन बेलामा,मनसुन हेर्नुपर्छ भूगोलमा खेती बाली, लगाउन,
वातावरण सुधारे आफै लैनो सरी सिञ्चाउथ्यौ, थाल्थे पालुवा पलाउन।
जलमग्न हुँदा सबै जलक्रीडा गर्छन आँधीमा सबै, बिजुलीबत्ती अनि नहर खनी,
विकासमा हरियाली पार्ने आधीको संरक्षणमा आवाज निकालौँ, सबै जना एक बनी।
म भनी मनबाट निकालौँ आवाज आँधीको शुन्यरातको सुसेली सरी,
गरौँ विकास प्राकृतिक सम्पदाको वातावरणमा ध्यानराखौ, सधैभरी।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
Comments
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।