Skip to main content

अब त म पराई भइसके - कविता !

Share
सरला गर्तौला
काठमाण्डौं नेपाल


मेरो आस्थाको महल भत्काउँदा तिमीले
तिम्रो अस्तित्व पनि त्यही पुरिएछ
दुखेको मन अनि रोएको आत्माको आँसुले
तिम्रो यादहरु पनि धोइदिएछ
अब त म पराई भइसके
तिमीले आफ्नो हुने नसोच
मैले त आफ्नो बाटो रोजी सके
आफ्नो यात्रामा कहिल्यै मलाई नखोज ।

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. Real fact poem.Thanks

    ReplyDelete
  2. I like the poem
    "दुखेको मन अनि रोएको आत्माको आँसुले
    तिम्रो यादहरु पनि धोइदिएछ" j bhayo thick bhayo...

    Good poem..

    ReplyDelete
  3. तिम्रो आश्थाको महल भत्किदा
    मेरो अस्तित्व पनि पुरियो भन्यौ,
    रोएको आत्माको आंशुले
    मेरो यादलाई पनि पखाल्यो भन्यौ,
    बधाइ छ।
    तर अतितको याद त आउदोरहेछ।
    नत्र तिम्रो भावना यो कवितामा किन पोखिन्थ्यो होला र,

    तिमीलाई आफ्नो नसोच्नू भन्यौ,
    आफ्नो बाटो रोजिसकें पनि भन्यौ
    बधाइ छ।
    तर अतितको याद त आउदोरहेछ,
    नत्र फर्कि फर्कि त्यहि पुरानो बाटो तिर किन हेर्थ्यौ होला र,

    ReplyDelete
  4. अतित त चोट न हो
    नमिठो याद बनी बल्झी दिन्छ
    सँग हिडेका ती गोरेटोहरुमा
    नचाहदा नचाहदै पनि आँखा फर्कीदिन्छ
    बधाईको पत्र नबनौ मलाई
    बीचमा साथ छाड्नेले
    संगै मिली खाएको बाचा कसम तोड्नेले
    अचनोको चोट खुकुरीलाई के थाहा
    चोट दिन मात्र जन्नेले
    मेरो पवित्र मायाको अर्थ के त थाहा
    देखओटी ठान्नेले

    ReplyDelete
  5. तिम्रो आश्थाको भग्नावशेषमा पुरिने मेरो रहर त होईन
    तिम्रो आँशुको भेलमा बग्ने मेरो चाहना पनि होइन,
    जीवनमा नसोचेको हुँदो रहेछ
    साथ दिन खोज्दा खोज्दै पनि घात हुँदो रहेछ।
    हर्षका कुनै क्षणहरु पछि बिष्मात हुँदो रहेछ।
    तर संसारको अन्त्य यहाँ नै कहाँ हुन्छ?
    हरेक अन्धकार रात पछि जरुर प्रभात हुन्छ।
    एउटा खण्डको अन्त्य पछि नयाँ शुरुवात हुन्छ।
    दोषका भारीहरु सबै म नै बोकूँला,
    तिम्रो यात्रा सहज रहोस्।
    स्राप जति म नै स्विकारूँला
    वरदान जति तिमीलाई मिलोस्।

    ReplyDelete
  6. दिन पछि रात अनी
    मिलन पछि बिछोड
    यो पनि त संसारको रित नै रहेछ
    ढोका दियौ घात गर्यौ
    संगै हिंडेको साथ छोडयौ
    यो पनि त नियती नै रहेछ
    पिडा त हुन्छ
    पिडालाई नै आफ्नो ठानी सके
    चाहिदैन दया र सहनुभुती
    महिले जिउन जानि सके

    ReplyDelete
  7. I like your poem it's really touch to my heart nice job keep it up.

    ReplyDelete
  8. मलाई पनि लेख्न मन लाग्यो यहि मौका मा :

    मन भित्रको घृणा बिस्तारै झिकौँ
    जीउने तरिका हामी पनि सिकौँ
    आखिर को नै पो थियो र पुरा ?
    यहि मौकामा चडाउकि २ गिलस सुरा !

    ReplyDelete
  9. बाचाबन्धनहरु सबै फजूल भयो,
    जीवनभर बिझिरहने शूल भयो,
    धोखा दिन खोजेको त होईन
    तिमीलाई नबुझ्नु नै भूल भयो,
    अरु थप पीडा दिन चाहन्न,
    तिम्रो बाटो नहिंडने कबूल भयो।

    ReplyDelete
  10. बाचाबन्धनहरु सबै फजूल भयो,
    जीवनभर बिझिरहने शूल भयो,
    धोखा दिन खोजेको त होईन
    तिमीलाई नबुझ्नु नै भूल भयो,
    अरु थप पीडा दिन चाहन्न,
    तिम्रो बाटो नहिंडने कबूल भयो।

    ReplyDelete
  11. चोट खाई धाइते भै
    ढलेको थिए म
    तिम्रो यादमा दिन रात
    जलेको थिए म
    साथ छुत्दा विश्वाश टट्दा
    बाटो भुलेको थिए म
    भौतारिदै साथ खोज्दै
    यता ऊता डुलेको थिए म
    आज महीले आट पाए
    सँग हिड्ने साथ पाए
    मेरो यात्रामा नहिड्ने भनि
    पश्चातापमा जलिरहदा
    महिले मेरो यात्रा मा
    सबैको आशिर्बात पाए

    ReplyDelete
  12. Great expression!
    Very true though, those that don't respect your dream don't deserve you either.
    Its good thing to tell them to go their own ways and do their own things and not to bother us again.
    Aaasadhai ramro lageyo yo kabita. Jos leni afu sanga compare garna milne khalko.
    Great Job!

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ