Skip to main content

सबरी (भाग-२)

Share

पहिलो भाग पढ्न यहाँ क्लिक गर्नूहोस्
पोस्तक श्रेष्ठ,
मिनियापोलिस, मिन्नेसोटा

सहदेव गएको पनि चार-पाँच महिना बितिसकेको थियो। तर कुनै खबर आएको थिएन। वर्षा सकिएर, शरद याम शुरू भईसकेको थियो। अकासबाट काला घटाहरु हट्दै गएका थिए तर सबरीको मनभित्रका घटाहरु अझै हटेका थिएनन्। जितीया पावनीको चहलपहलले पनि सबरीलाई छोएको थिएन। तर सहदेवको लागि भनेर पहिलो पटक सबरीले त्यो साल जितीयाको वर्त पनि लिएकी थिइन्। सहदेवलाई पाउने कामना गरेकी थिइन्। शरद ऋतु सकिएर रुखका पातहरु झर्न थालेका थिए। तर सबरीले सहदेव फर्किने आशालाई अझै जतनसंग संगालेकी थिइन्। झर्न दिएकी थिइनन्।


सहदेवको कुनै अत्तोपत्तो थिएन। तर यता तिर जमिन्दारको छोरासंग बिहेको कुरा उठ्न थालेको थियो। सबरीका बाबुको जमिन्दारसंग केही ऋण पनि थियो। सबरीलाई दिने भए ऋंण फर्काउन पर्दैन भनेर सबरीका बाबु आमालाई जमिन्दारले प्रलोभन दिएका थिए। घरमा बोलाएर हाँसको मासु र रक्सी खुवाएर फकाईसकेका थिए। तर सबरीले अनेक बहाना गरेर बिहेको कुरा टार्दै आएकी थिइन्।

एक बिहान सबरीकी साथी अत्तालिदै आएकी थिईन्। “सबरी, रेडियोमा समाचार सुनलई रि?, सुनई बडसु, माओबादी सब यूद्धबिराम भंग कइलई, याज रात दाङ क घोराही चौकीमा याक्रमण भेलई, १४-१५ सिपाहीक ज्यान गेलई”

राजनीतिसंग बिल्कुलै कुनै साईनो नभएकी सबरीलाई वार्ता, युद्धबिराम जस्ता शब्दहरु अर्थ बुझ्न सजिलो थिएन। तर ब्यारेकमा आक्रमण भएको, १४-१५ जना सेनाको ज्यान गएको कुराले भने मुटुको धडकन एक्कासी तेज बनाएको थियो। सहदेव दाङको घोराही चौकीमा नै त सरुवा भएर गएको थियो। सहदेवलाई केही त भएन? यो सोचाइ मात्रले पनि सबरीको शरीर चिसो भएर आएको थियो। तत्कालै रेडियो खोलिन्। त्यही दाङ चौकी आक्रमणकै समाचार आईरहेकोथियो। तर मृतक वा घाईतेहरुको कुनै नामहरु भने दिईरहेको थिएन। सबरीलाई असाध्य छटपटी भएको थियो। कसरी सहदेवको बारेमा पत्ता लगाउने? मनमनै भगवानसंग प्रार्थना गरेकी थिइन, “हे भगवान, मेरो सहदेवलाई केही नहोस्”।

एक मनले लागेको थियो, दाङ गएर सहदेवको बारेमा सोधखोज गरूँ। तर सबरी घरबाट निस्केर नारायणगढ बजार भन्दा टाढा कतै पनि त गएकी थिइन। छोरी मान्छे ,एकलै कसरी जाने, कहाँ बस्ने, फेरी घरमा के भनेर जाने? सबरीलाई अनगिन्ती सवालहरुले घेरेका थिए। यो कस्तो विवशता? सबरी साथीलाई अंगालो मारेर बेस्सरी रोएकी थिइन्।

सबरीको साथीले भोली पल्ट गोरखापत्र, कान्तिपुरदेखि भए भरको सबै पत्रिका खोजेर ल्याएकि थिईन्। तर मृतकहरुमा सहदेवको नाम त थिएन तर केही सिपाहीहरु सम्पर्क बिहिन भएको, माओबादीहरुले अपहरण गरेर लगेको हुनसक्ने आशंका गरिएको थियो। जे होस्, सहदेव जीवित भएको आशा भने जागेको थियो। सबरीका साउन भदौ भएका आँखाहरु केही ओभानो भएका थिए।


एक साँझ सबरी भेडाहरुलाई दाना खुवाउदै थिइन्। सबरीकी साथी आइन र सहदेव आएको खबर दिईन्। सबरीको खुशीको कुनै सिमा रहेन। दौडिदै गइन्। सहदेवलाई देख्ने बित्तिकै आंखाबाट आँशुका बलिन्द्र धारा बग्न थाले।

“दाङ चौकीमा आक्रमण भएको सुनेको थिँए। तंपाईको केही खबर आएन। म धेरै आँत्तिएको थिंए। तँपाईलाई सकुशल देख्न पाँए, भाग्यमानी रहेछु”। सबरीले भनेकी थिइन्।

सहदेवले आफु पनि घाइते भएको, माओवादीले मरेको ठानेर छोडिदिएको, युद्ध शुरु भएकोले सहदेवको विदा पनि रद्द भएको र अहिले जागीरबाटै भागेर आएको कुरा सहदेवले संक्षेपमा सुनाएकोथियो।

“सबरी, तिमीसंग जीवन बिताउने मेरो धोको छ। यो यूद्धमा म आफ्नो जीवन त्यतिकै गुमाउन चाहन्न। म तिमीलाई लिन आएको, तिमी आज राति नै मसंग हिंड। हामी नया जीवन शुरुवात गर्नेछौं”। सहदेवले भनेको थियो।

सबरीले आफ्नो साथीको मुखमा स्विकृतीको लागि पुलुक्क हेरेकी थिइन्। सबरीको साथीले सहजै स्विकृती दिएकी थिइन्। हत्तार ह्तार गरेर साथीले लुगाको एउटा पोको तयार पारिदिऐकी थिइन र केही पैसा पनि सबरीको हातमा राखिदिएकी थिइन् र सबरीले सहदेवसंग त्यसै रात गाँऊ छोडेकी थिइन। आफ्नो गाँऊघर, बाबुआमा, साथीसंगीहरुलाई त्यसरी छोडेर जान पर्दा सबरीको मन केही खिन्न भएको थियो।

क्रमश:
तेस्रो तथा अन्तिम भाग पढ्न यहाँ क्लिक गर्नूहोस्।

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. Good one ! Waiting for the third part !

    ReplyDelete
  2. when is next one coming?

    ReplyDelete
  3. साह्रै राम्रो लग्यो । कथामा लेखकको नामै नराख्ने हो भने पनि सरल, सरस र स्वश्छन्द शैलीले पोस्तक जीलाई चिनाउँछ । मेरो एउटै गुनासो सपनासंसार वा लेखकलाई: कथालाई धारावाहिक रुपमा प्रस्तुत गर्दा, कहिले कहिँ पहिलो खण्डमा के भएको थियो बिर्सिने अनि पहिलाका प्रकाशित भागहरु खोज्दै पुन: पढ्नु पर्ने दिग्दारी भन्दा सिँगो कथा प्रकाशित गर्दा राम्रो हुन्त्यो कि? त्येसैले पनि होला लघु कथालाई "एक बसाईमा पढ्न सकिने ... " भनि परिभाषित गरेको पाहिन्छ ।

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्...

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा...

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ...