Shareभोज र मदिरा !
“आज त झुरै भयो, राम प्रसादले, आफ्नो छोरा को पास्नी को पार्टी राखेको, न बिएर न विस्की, के पार्टी राखेको मुलाले, बेईज्जतै गर्यो आफ्नो!”, भर्खरै मात्र राम प्रसाद को छोरा को पास्नी को रात्री भोज बाट बाहिर निस्केका आमन्त्रित मित्र जन हरुबाट आएको आवाज हो यो । “पार्टी को बेईज्जतै गर्यो मुलाले” भन्दै केहि मित्र हरु आफ्नो त्यो साँझनै खेर गएको गुनासो गर्दै थिए, एक आपसमा ।
आझकल जुनै पनि स्थानमा नेपाली झमघट , भोज वा भत्तेर भयो भने, मदिरा अनिवार्य हुन जरुरी छ । मदिरा बिना को भोज् वा पार्टि त अब कल्पना सम्म गर्न नसकिने अवस्थामा आएको छ। एक समय , मलाई याद छ, हा्मो गाउघरमा कसैले भोज आयोजना गर्दा, दाल, भात, तरकारी, खसी को मासु अनि आलु र काक्रा को अचार अनि त्यो पनि सुकुल मा बसेर , हातको कुहिना संम्म चुहाउदै खादा आयको आनन्द भलै कुनै राजभोज नै किन नहोस, साहेद त्यस्तो आनन्द कहिल्यै नआउला । हो त्यति खेर पनि भोज मा पिय पदार्थ राखिन्थ्यो फरक यति छ, त्यति खेर मदिरा को सट्टा दहि वा मोहि वा सर्वत पानी हुने गर्दथ्यो , र त्यस को स्वाद, म किटान गरेर भन्न सक्छु मदिरा को स्वाद भन्दा सयौँ गुना बेसी हुने गर्दथ्यो ।
यसरी उहिले, भोज खाएर फर्केका मान्छे को गुनासो, मदिरा मा कहिल्यै रहेन । बिस्तारै जव मानिस मा पश्चिमी सस्कृतीको हाबी हुन थाल्यो , अनि बिस्तारै बिस्तारै मदिरालाई पनि भोज भत्तेरमा सामेल गराईन थाल्यो । पहिला पहिला दुवो तिल राखेर अमृत पानीले जन्ती स्वागत गरिन्थ्यो , आज भोली मदिरा बिनाको स्बागत अपुरो नै हुन्छ । “फलानोले त आफ्नो भोजमा बियर को खोलो बगायो, बिदेसि विस्कि र वाईनको ताती लगायो , ढिस्कानो को मा त न बियर छ न वाईन, न विस्कि ,मोराले आफ्नो ईज्जतको पनि ख्याल गरेन”, जस्ता आवाज हरु अव परिचित नै भैसके । आखिर के मदिरा बिना संम्पन्न गरिने कार्यक्रम वा रात्रीभोज अपुरो नै हो त ? के मदिरालाई ईज्जत संग धाझ्न मिल्छ र ? केवल एउटा गुनासो !
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।