Skip to main content

प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बीच एमाले नेता कृष्णलाल महर्जनको घरमा भएको गोप्य बैठकको झलक

ध्रुब बन्जाडे
इटाली


" कृष्ण काम्रेड, प्रचण्ड काम्रेड लाई अस्ति त्यो विदेश बाट ल्याएको कोसेली नचखाउनी?"
" भैहाल्छ नि प्रचण्ड कोम्रेड"
सिल त ठिक छ? (सबै चेक गर्छन् । गुड! बिदेसी रैछ ! मलाई त नेपाली स्वाद नै मन पर्दैन..
२-४ प्याक लगाएपछि


प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच ललितपुरको बालकुमारी स्थित एमाले नेता कृष्णलाल महर्जनको घरमा गोप्य बैठक बस्यो. यो बैठकमा कुनै सहमति भैहाल्छ कि भन्ने आशा थियो जनतालाई. तर बैठकको मुख्य उद्देश्य चाही अर्कै थियो। हेरौँ के थियो त त्यो रहस्य !

"लाल सलाम" , प्रचण्ड कमरेड !

( फिस्स हाँसे जस्तै गरेर ) "नमस्ते नमस्ते".
कृष्णलाल महर्जन दुवै नेताहरुलाई बैठक रुम सम्म लैजान्छन्.
" ल काम्रेड हरु, कुराकानी सुरु गर्नु भए हुन्छ। "धोका लगाउन खोज्दै कृष्णलाल
"धेरै बेर पर्खाउनु भो, तपाईले मलाई".

"तपाई नि! , कहिले राजीनामा दिनु हुन्छ र, बालुवाटार फेरी जाउला भनेर पर्खेको पर्खी छु म" .
"राजीनामा मरे गए दिनु हुन्न तपाई"
"सहमतिमा आउनुस् न राजीनामा त तु दिहाल्छु".
"पहिला राजीनामा दिनुस् त"
" सहमति त भर्खर बन्छ !"
" यी मैले सहमतिको पत्र पनि तयार गरेर ल्याएको छु".

"भो भो पत्र तपाई संगै राख्नुस्"!
" पहिला म्याद थपौँ ! "
" पहिला राजीनामा"
पहिला थपौँ , पहिला राजीनामा गर्दै एक छिन त दोहोरी नै चल्यो.
कुरालाई मोड दै "तपाई राजीनामा बाहेक आरु बोल्न जान्नु भा छैन."
"कति एउटै कुरा कर लगाउन सक्या होला"
" मेरो राजीनामा र संविधान सवा को म्याद बढाउने कुरा को के सम्बन्ध छ?"
"किन छैन"!.
"तपाइको नहोला, मेरो त छ नि"
" तपाईले छोडे पछि हुने म हो" .
" भएको भै हो "
" हँ!"
" के को हँ नि"
" साच्चै", " हँ तपाइलाई कसले भन्यो?"
"सबै कुरा त भन्न मिल्दैन नि"!

(एक छिन प्रचण्ड घोरिन्छन्. मनमानी, अब राजीनामाको कुरा चाही यसो उठाए जस्तो मात्र गर्नु पर्छ। कार्यकर्ता लाई पनि चित्त बुझाउनु पर्छ । फेरी उ पम बन्यो भने त मेरो खैरियत छैन, आज म बल्ल थाहा पाउँदै छु, मलाई राजीनामा दिन किन हौस्याएको रहेछ उसले भनेर ! यस्तो दाउ पो रहेछ उसको)!
"काम्रेड, कता हराउनु भो".
"कतै होइन."
"मलाई त किन हो किन यहाँ भाउजू ले बनाएको छोयला कचिला निकै मन पर्छ" ,
"तपाइलाई पनि मन पर्छ भनेर बैठक यहाँ राखेको हो"
" हो, मलाई नि मन पर्छ " "छोयला कचिला अनि चिसो चिसो बियर."
टक टक, ढोकामा आवाज आउछ !
"बासना त मीठो आयो नि"
छोयला कचिला लिएर भाउजू भित्र पस्नु हुन्छ अनि चिसो चिसो बियर पनि !
" नमस्कार है, प्रधान मन्त्रि ज्यू अनि भुत पूर्व प्रधान मन्त्रि ज्यू लाई"
" नमस्कार, अनि भाउजू को काम मैले गरिदिएको हुँ नि" राम्रो आम्दानी हुने ठाउँमा भाइलाई सरुवा मिलाईदिएकै हो !" " के गर्नु अहिले आफू खुस्कियो"
" तपाई पनि!, फेरी पालो आइहाल्छ नि"
" मैले पनि केही सेवा गर्न पाए हुने थियो?"
" मेरो छोरीले डाक्टर पड्छु इण्डियामा भनेर हैरान परिसकी, हेर्नु न के गर्ने होला"
" त्यति सानो काम त भैहाल्छा नि"
ढोका फेरी बन्द हुन्छ ।
" कुरा अगाडि बडाउन त"
" तपाइलाई थाहा नै त छ"
" म, एक छिन आराम गर्छु ल"
प्रचण्ड जी सोफा म घुप्लुक्क पर्नु भयो.
" राजीनामा नदिईकन सम्झौता एक हुन्न, दुई हुन्न! विदेशी प्रभु को सामुन्ने झुकिन्न ! "
" लौ न सुद् प्रभु, जे जसरी हुन्छ, एकपटक फेरी त्यो कुर्सी मा बस्न पाम्"
" फेरी बस्न पाए भनि, हजुरलाई गण्डकी सेती, जे भन्नु हुन्छ सबै चडाउँला प्रभु."
"१९५० को सन्धि को कुरा निकाल्दैनौँ , प्रभु !, माफ पाउ गल्ती भो प्रभु"
" प्रचण्ड काम्रेड, ढिला भो, उठ्नुस् भन्या "
आखा मिच्दै कामरेड उठ्छन् !
"कस्तो सपना देखिए छ कुन्नि."
" तपाई बढ बढाएको सबै मैले नि सुने"
" प्लिज , कसैलाई नभन्नु ल"
कुरा फेरी अगाडि बढ्छ ! प्रचण्ड दोधार म पर्छन् ! के गर्ने के ! एक्लै निर्णय लिन पनि गाह्रो ।
फोन गरेर सोध्छन् बाबुरामकी ले अनि आरु २-४ जना नेता लै ! फोनमा हल्का हल्का कुरा बाहिर पनि सुनिन्छ ।
" काम्रेड, त्यहाँ लुत्रुक्क परेर,हाम्रो आदान छोड्ने होइन नि! राम्रो मौका छ. यस्तो मौका फेरी आउँदैन".
"ओके ओके"
प्रचण्ड फेरी अर्का नेता लाई फोन लगाउँछन् ! यस पाली प्रचण्ड अर्को रुम म गएर फोन गर्छन् । त्यसैले उताको आवाज सुनिएन,प्रचण्ड मात्रै बोलेको सुनियो !
" हो, हो".
"हामी आज कडा रुपमा प्रस्तुत भए जस्तो गर्नु पर्छ ।
" म आज भेटेर भन्छु , गाली गर्नु वाध्यता हो भनेर. नभए त कार्यकर्ता लाई सम्हाल्न गार्हो पर्छ भन्नु पर्छ ।
" म पहिले जस्तै गर्छु"
" चिन्ता गर्नु पर्दैन, तपाई ढुक्क हुनुस्" कुरा मिल्छ. मिलाउनु पर्छ। नत्र त त्यतिका हाम्रा सभासद को बिजोक नै हुन्छ नि !
प्रचण्ड काम्रेड फेरी बैठक रुम म आउछन् ।
"काम्रेड, सहमति मा आउ", ढिलो भैसक्यो. पार्टी को मीटिङ् छ क्या"
" ल कुरा मिल्ला जस्तो छ", ल बधाई छ काम्रेड लाई !
" तपाई पहिला राजीनामा दिनुस त, खुरुक्क."
" काम्रेड लाई नि जोक्स गर्न आउने रहेछ । "
"हामीले उठाएका कुरा ले यथास्थित बादी हरुले जोक बनाइरहेका छन् . जुन दिन यिनी हरु, न घर को न घाट को हुन्छन् , अनि थाहा पाउँछन् । अझ मिलेर जाउ भनिराछु , त्यही पनि".... ,( मनमनै , खुरापाती का सन्तान हरु ...कुकुरलाई घिउ नपचेको भन्थे हो रैछ !)
"काम्रेड , नरिसाउनुहोस न , बि कुल । हेर्नुस् त , म कति कुल छु" .
( मनमनै , "पशुपति मा टोपी थापेर बस्नु पर्ने मान्छे , पम को कुर्सी म बस्या बस्यै , कुल नभएर के ... होस् त" ),
"कमरेड , के भन्दै हुनु हुन्थ्यो , अलि बुझिएन" .

"तपाई ले बुझेको भए यो दिन आउने नै थिएन .बुझेर पनि बुझ पचुाउनी लाई के भन्नु ! "
(मनमनै २ -२ ठाउँ बाट हारेर पम बन्ने , आज हामीलाई अर्ती दिने , अलिकति पनि लाज नभएको नकचरो).
"मैले त भनेकै हो नि ! चुनाब हारियो ,राजनीति बाट सन्यास लिन्छु भनेर "
" महासचिव बाट राजीनामा पनि दिएकै हो"
" नोवेल लेखेर बस्छु भन्दा अनि तपाईले भन्नु भा होइन, तपाई बिना संविधानसवा टुहुरो हुन्छ ", ल हेर त आज कुरा फेर्न कति जान्या" ,
" मलाई कति आशा देखाउनु भयो, भन्नुस् त"
"म त राष्ट्रपति को कति पटक एक्टिङ् पनि गरे"
" सपनामा पनि सलामी कति पटक खाएको देखेको."
"अनि लास्ट मा कत्रो धोका दिनु भो मलाई, त्यो बेला म पागल नै भइसकेको , आरु कोही भएको भए रानीपोखरीमा हाम्फाली सकेका हुने थिए."
"जे हुनु थियो भयो भनेर चित्त बुझाएर नोवेल लेखन लागेको के थिए फेरी तपाई ले नै भन्यौ होइन, कहाँ संविधान लेख्नी समयमा नोवेल लेखानी. खुरुक्क आउनुस् संविधान सभा को सभापति बन्नुस् भनेर "
"भन्या त हो नि" अनि सभापति पनि बनाएको हो . त्यो बेला मेरो बुद्धिमा कीरा परेको."
" के थाहा आफ्नै खुट्टा मा बन्चरो हानिएला भनेर "
" २-२ ठाउँमा हारेको लाई सभापति बनायो भने, मेरो गुन गान गाउ लान,म हिरो बनौला भनेको "
" के थाहा हुनु नि, अमृत वृक्ष भनेर रोपेको रुख, मेरो लागि काडे झार होला भनेर"
"जति खेर नि च्वास्स च्वास्स घोच्छ भन्या"
" यी अहिले पनि च्वास्स घोच्यो"
" आइय्या, मरे बाबा !"
" पानी पिउनुस् काम्रेड, ठीक हुन्छ । "
लामो सुस्केरा हाल्छन् काम्रेड!
" काम्रेड, एकछिन आराम गर्नुस्"
एकाएक फेरी जँगिए काम्रेड.
" अब वार कि पार हुन्छ !"
"कि म छैन, कि ऊ छैन"
" आबेस मा नआउनुहोस काम्रेड"
"म कस्तो कुल छु"
" हेर्नुस् मुस्कुराइ रहेको छु ।"
" रिस हो सबको शत्रु ...."
"अर्ती होइन , अर्ती होइन ! भन्द्या छु मैलै !" ( औँला ठाडो ठाडो पार्दै)

"तपाइलाई रीस कति चाँडो उठ्छ भन्या, . कसले माग्या थ्यो तपाई संग राजीनामा ! बढ्ता ठूलो हुनु पर्या होइन र् तपाइलाई !"
" पशुपतिनाथ लाई नचलाऊ भनेम् , सेनापति लाई नचलाऊ भनेम् , तर एउटा सुन्नु भएन हाम्रो"
"भन्या त हो नि , सेना भनेको अरिङ्गाल को गोलो हो , नचलाउनुहोस भनेर" .
" मर्दको छोरो एकपटक अगाडि बढे पछि पछाडि फर्कन्न भनेर निकै गुड्डी लगाको होइन !"
" खुब हिरो हुन पर्नी, "
( फेरी चोर औला ठाडो गराउदै ) "पुराना कुराको याद होइन . भन्द्या छु मैले !".
( प्रचण्ड को अनुहार मा पसिना आउछ , मुख रातो हुन्छ !)

( पकेट बाट रुमाल झिकेर काम्रेडलाई दिदै ), "काम्रेड , पसिना पुछ्नुस् !".

"चाहिदैन कसैको रुमाल सुमाल "
" एउटा रुमाल पनि बोक्न नसक्ने भन्ठानेको छ कि क्या हो"
( मुख पुच्छन् प्रचण्ड ! )

"एकपटक बाथरूम गएर चिसो पानीले मुख छयापा पारेर आउनु हुन्छ कि !"
"के रे ?"

पम : यसो फ्रेश भएर आउँनु हुन्छ कि !

"म फ्रेश नै छु"
"बरु, तपाई ९-९ महिना सम्म एउटै कुर्सि मा बस्दा बोर लाग्या होला !"
"कुर्सि मलाई दिएर फ्रेश भए हुन्छ नि !"
टक टक . ढोका खुल्छ !
" केहि थपौँ कि भनेर"
" कृष्ण काम्रेड, प्रचण्ड काम्रेड लाई अस्ति त्यो विदेश बाट ल्याएको कोसेली नचखाउनी?"
" भैहाल्छ नि प्रचण्ड कोम्रेड"
सिल त ठिक छ? (सबै चेक गर्छन् । गुड! बिदेसी रैछ ! मलाई त नेपाली स्वाद नै मन पर्दैन..
२-४ प्याक लगाएपछि--
(मनमनै, यसै त पम छोडे देखि मेरो नसा उत्रेकै होइन . यसले त झन् कक्टेल पो पार्यो कि क्या हो ! अब यहाँ धेरै बस्न हुदैन , फाट्ट सहमति भयो भनिदिउला अनि बाहिर कार्यकर्ता ले र्-याक र्-याक्ति पार्दा के भन्ने हो , कुलेलम ठोक् ,नबस् यहाँ )
काम्रेड जुरुक्क उठेर हिड्छन् ।
"होइन प्रचण्ड काम्रेड ,कता ? बाथ रूम ?"
" के को बाथ रूम नि" ! आब धुलिखेल रिसोर्ट गैईन्छ अनि मस्त संग सुतिन्छ !"
"ल बाई !"
" कृष्ण काम्रेड, ल बधाई छ ! " बार्ता को माहोल बनाइदिनु भो, भाउजु म त फेरी नि आउछु नि , कस्तो मिठो पकाउनु हुन्छ भने !"
" भैहल्छा नि !"
"माधव काम्रेड, बार्ता सफल भयो !", ल बधाई छ तपाइलाई नि ! "
"तर , कार्यकर्ता को सामु त कुकुर बिरालो झैँ गर्नु पर्छ नि !"
" मैले जे पायो त्यही भन्यो भनेर नरिसाउनु होला !"
" काम गाह्रो छ, चित्त बुझाउन, कार्यकर्ता अनि नेताको "
( प्रचण्ड बाहिरिन्छन् , पत्रकार ले घेर्छन् , तर उनि केहि नबोली हिद्छन् ।)
( होइन पत्रकार साथी हो , तिमि हरु ले थाहा पाएनौँ , अलि अलि ह्वास्स गन्ध आए जस्तो लग्यो नि मलाई त !)

"ए ! काम्रेड पख्नुस्"
" एउटा कुरा सोध्नु छ !"
उ काम्रेड लाई पिछा गर्न लाग्छ , तर प्रचण्ड कुनै उत्तर नदिई त्यहाँ बाट हिद्छन् ।)
पम बाहिर निस्कन्छन् , साथमा छन् सल्लाकार अनि कृष्ण काम्रेड !
पत्रकार ले घेर्छन् !
"पम जु , बार्ता सफल भयो त ! "
मुसुक्क मुस्काउदै , "म आज के भन्छु भने - - " .
" निकै सौहाद्र तरिकाले बार्ता सम्पन्न भयो ! "
"होइन , बार्ता के भयो" ?,
" म्याद थपिन्छ, कि थपिदैन ?"
" तपाईँले राजीनामा गर्नु हुन्छ कि हुन्न ?"
यसरी असिना बर्से झैँ प्रश्न बर्सिन थाले
"म के भन्छु भने! हाम्रो वार्ता सफल भयो "
पत्रकार हरु अनि त्यहाँ उपस्थित अगुवा भनाउँदा हरु सबैको मनिलो अनुहार मा कता कता खुसी का रेखा दौडिन थाले
"होइन सफल त भयो , तर के भयो ?,
"तपाई राजीनामा दिनु हुने भयो त ?"
एकाएक प्रम जँगिए .
"होइन यो को हो, मेरो राजीनामा माग्ने ! मैले के बिराएको छु ? संविधान बनाउने काम मेरो हो र ?"
"संविधान बन्न नसके पछि नैतिकताको आधारमा राजीनामा गर्नु हुन्छ कि भन्या ?", डराई डराई पत्रकार ले प्रश्न सोधे।
"सहमतिको लागि राजीनामा दिएर सहज वातावरण बनाउनु हुन्छ कि? प्रश्न, एक पछि एक, गर्दै बर्सिन थाले ।
"जितेर आएका खन्चुवा को के काम !"
"जितेर आएकालाई सोध्नुस् ! उनीहरूले राजीनामा दिनु पर्छ. मैले जित्या हो र ? राजीनामा दिने?"
" मतलब, उहाँहरू म्याद थप्न सहमत हुनु भयो, होइन त? "
"छैन !"
" उहाँहरू पुरानै कुरा रिपिट गर्नु हुन्छ ! राजीनामा राजीनामा !"
" प्रचण्ड जी , त सपनामा पनि राजीनामा राजीनामा भन्दै बढ्-बढा्उनु हुन्छ रे भन्नि मैले सुने को छु ।"

"होइन , उहाँको सपनाको कुरा पनि तपाईँले कसरी थाहा पाउनु भयो ? "

" त्यो त मामुली कुरा मात्र हो"
" उहाँ का कस्ता कस्ता कुरा हामीलाई थाहा छ "
" उहाँलाई त्यो भिडियो देखाइदिए पछि त ठंण्डा भइहाल्नु हुन्छ !"
" आजनी त्यो भिडियो के देखाएको थिए ,निथ्रुक्कै भएर जानु भो !"

( पत्रकार को बीचमा गुई गुई चल्छ , ए कुरा त यस्तो पो रहेछ ! किन प्रचण्ड ले बीचमै लुत्रुक्क पारेर आन्दोलन फिर्ता लिन्छन् भन्या त यस्तो पो रहेछ् , पत्रकारहरु ओठ लेप्राउछन् ! )
"अनि वार्ता सफल कसरी भयो त " प्रम जु ?"

"वार्ता जे पर्पोज को लागि बस्या थियो त्यसमा सफल भयो !"

"पर्पोज ?"
"यस्तो बेला मा आराम संग घर मा सुत्यो भने त जनता ले मारिहाल्छान नि न! यसो दौड धूप गरेको , सहमति निकाल्न कोसिस गरे जस्तो त देखिनु पार्यो नि जनता को आखामा" .
"यो कुरा त हामी दुवैलाई सुरुमै थाहा थियो".

( प्रम को कान मा फुस्फुसाउछन् सल्लाहकार "प्रम ज्यु , के बोले को तपाई" , यहाँ सबै कुरा नभन्नुस् , अस्ति प्याच्च बोल्दा देख्नु भएन कस्तो मुस्किल पर्या)

"हेर्नुस् न पत्रकार बन्धु !, नागरिक भाढुवाहरु, सोरी सोरी यो हाड नभाको जिब्रो पनि! के भा होला , अगुवा भन्छु भनेको त भढुवाहरु भने छु ल सोरी है !
" आज भोलि मलाई के रोग लाग्या छ के , म त लुकाउनै सक्दिन ! जे पनि सत्य सत्य बोल्छु भन्या ! सत्य भगवान कसम !"
यत्तिकै मा सल्लाहकार ले प्रमको पाखुरा मा समाएर गाडी मा बसाउछन् !0
भित्र के कुरा भयो सुन्न सकिएन , जे होस् हाम्रा प्रम कम्से कम गोर्डन ब्राउन भन्दा त चलाख नै रहेछन !

(प्रस्तुत लेखमा लेखिएका कुराहरू ,घटनाहरू काल्पनिक हुन. कतै मिल्न गएमा संयोग मात्र हुने छ ।)
Share[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्...

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा...

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ...