बगाले, मिलन क्यामिन – ६, वर्लाची तनहुँ ब्यापार ब्यबसाय गरिखाने होईन लुटिखाने भाडो बनिराख्दा समेत टुलुटुलु हेरेर तथा काल कुरेर बस्ने दिन आउनु लाई के शब्दले पुर्कानु खै? पाच रुपैयाको मसाला किन्दा ४ रुपैया काठको धुलोलाई तिर्नुदेखीन ग्यास किन्दा आत्मघाती बम किनिनुले ब्यापार ब्यबसाय मानव तस्करहरुको ताण्डव लिला मच्चाउने थलो बन्दै गएको देखिन्छ। पडकेर मर्नुलाई नेपाली जीवनको नियमीत आकस्मीकता मान्ने हो भने यसको डरलाग्दो नया संस्कारले समाज यतिबेला आतंकित छ। दिनैजसो ५ - ७ वटा (नेपालीलाई जना होईन वटा मा गन्दा राम्रो ) मान्छे मुबाईल पडकेर मरेको खबर बिस्तारै बासी बन्दै गर्दा सिरानीनेरको सिलिन्डर मान्छे खान पल्केको छ। शहरवासीकै कुरो गरम, आजकाल प्राय सबैजसॊको सिरानीमा सिलिन्डर फिट छ। ग्यास सिलिन्डर जोडनुलाई ठुलै बहादुरी ठानिन्थ्यो एकाध बर्ष पहिलेसम्म। यो बहादुरीको पातो लगभग धरैले पल्टाईसके। छुट्टै भान्छाकोठोको अभाभमा बहादुरीको यो तक्मालाई मैले झै लाखौ अस्थाई राजधानीवासी सुत्ने कोठोभित्रै सजाउन बिबश छन। सुत्ने खाटभन्दा ५-७ फुट दायावाया बसेको यो रातो घैटोलाई आत्मघाती बम ठानेर दिनरात तसर्ने गरेको छु म। पा
A blog dedicated to Nepali News, Fun, Literature and music and lot more.