ध्रुब बंजाड़े
बेनेवेंतो, इटली
26 September 2010
हामी भाग्यमानी छौ यस अर्थमा की रामबरण यादव जस्तो शालीन व्यक्तित्व आज देशको सर्वोच्च पदमा हुनु हुन्छ । जब किसुनजी ले माग्नु भो तातो तातो जेरी र डोसा , रामबरणजी ले तुरुन्तै मैडम लाई कम चिल्लो ,कम पिरो राखेर डोसा बनाउन भन्नु भो । अरु कोही भएको भय न्यूरोड, या कुनै पसलमा भन्न लगाएर डोसा मगाउँथे होलान् । २० रुपियाको डोसा मगाउँदा कति जना दौड धुप गर्थे होला। राष्ट्रको सम्पती कति दुरुपयोग गर्थे होला , तर हाम्रो राष्ट्रपतिजी ले त्यसो गर्नु भएन अथवा किशुनजीलाई यती सम्मान गर्नु भयो की आफ्नै घरको, आफ्नै मैडम को हातको डोसा खुवाउन प्रसन्न गर्नु भो ।
कुरा त्यस्तै त्यस्तै १९९५ तीरको हो , हामी किसुन्जी लाई भेट्न पुगेका थियौँ कुपन्डोल उहाँको निवासमा । सानो कोठा, हामी ७-८ जना थियौँ। जसो तसो बसियो। हामी हाम्रो समस्या लिएर गएका थियौँ, डी वाई पाटेल कलेजको ! शिक्षा मन्त्रालयमा धर्ना दिँदा पुलिस को अभद्र ब्यबहार देखि, शिक्षा मन्त्रीको गैर जिम्मेवारीपनको सिकायत हामी गर्दै थियौँ । कता बाट टुप्लुक्क आइपुग्नुभयो तत्कालीन गृहमन्त्री शेरबहादुरजी ! भित्र बस्ने ठाउँ नभएर ढोका मै कुर्नु भएछ ।
हामी बाहिर निस्के पछि उहाँ भित्र जानु भयो। अलि वर आइपुगेपछि एक जना केटा हामीलाई दौडँदै बोलाउन आयो। हामी त निकै खुसी : आफ्नो काम भएछ की भनेर।
" नमस्ते गर्नु पर्दैन ! उहाँ गृहमन्त्री !! अव प पुलिसले लाठी नचलौँला नि" किसुनजी खिसिक्क हाँस्नु भो । किशुनजी को ठट्टा गर्ने बानी त्यों बेला पनि थियो , आज पनि छ । हामी सबैले नमस्ते टक्र्यायौँ उहाँलाई !
"नमस्ते, नमस्ते , अनि सचिब , मन्त्री सँग कसरी कुरा गर्न पर्छ ,जान्नु पर्दैन,जे पायो त्यही गर्न थाले पछि त पुलिस ले लाठी नचलाएर के गर्छ त?" गमक्क पर्दै नमस्ते फर्काउनु भो देउवाजीले । जे होस उहाँले आइन्दा त्यसो नहुने बचन दिनु भो र साथै सभ्य तरिकाले आफ्ना कुरा शिक्षा मन्त्रालयमा राख्न सुझाब पनि दिनु भो !
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Comments
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।