हरेक बर्ष जस्तै यो बर्ष पनि शुभ विजयादशमी तथा दीपावली को शुभ उपलक्ष्यमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी का विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम गरेर उल्लासमय तरिकाले मनाएका छन् । कार्यक्रममा युनिभर्सिटीका प्रेसिडेन्टले दियो कलस बालेर कार्यक्रम शुभारम्भ गरिएको थिए!
उक्त कार्यक्रममा दशैँ तथा तिहारको पृष्ठभूमिमा रहेर विद्यार्थीले नाच गान, लघु नाटक, तथा देउसी भैलो गीत प्रस्तुत गरेका थिए । साथ साथै कलिला गोरी नानीहरुले पनि नेपाली नृत्य प्रस्तुत गरेर दर्शकदिर्घा बाट स्याबासी बटुलेका थिए ।
प्रस्तुत कार्यक्रमा मा डेनीले गाएको गीत
" सिग्रेट नदेउ म बिढि खानेलाई
माया नदेउ म हिडि जानेलाई" भन्ने गीत मा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम को उत्तरार्द्धमा मुखै रसाउदो भोजन का साथै नेपाली रात्रीभोज आयोजना गरिएको थियो । यसरी विद्यार्थीहरूले आफ्नो रीतिरिवाज तथा संस्कृति विश्व समुदाय सामु पस्केको देख्दा पङ्क्तिकारलाई खुसी लागेको छ !
तस्वीर: राजु श्रेष्ठ
उक्त कार्यक्रमका का केही भिडियोहरू यहाँ तल प्रस्तुत गरेको छु ।
१ दुर्गा नृत्य
उक्त कार्यक्रमका अन्य केही भिडियोहरू तल प्रस्तुत गरेको छु । २ विदेशी गोरे नानीहरुले प्रस्तुत गरेको नृत्य "चाहिँदैन मलाई चाहिदैन "
३। गीत प्रस्तुत गर्दै "लाको माया लाईन नभन"
४। नृत्य "तिमी मेरो म तिम्रो र सिग्रेट नदेउ म बिडि खानेलाई, माया नदेउ म छोडि जानेलाई "
५। गीत "म"
६। नृत्य "ए होई ज्यानै खायो उस्को मायाले"
७। र जाँदा जाँदै यो देउसीरे गीत
भिडियो उपलब्ध गराइदिनु भएको मा नेप्लिज स्टुडेन्ट एसोसिएसन , सेन्ट क्लाउड स्टेट युनिभर्सिटी , मा सपनासंसार आभार व्यक्त गर्दछ ।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
This comment has been removed by a blog administrator.
ReplyDelete