पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका “अफिसले पैसा पनि राम्रो दिंदैन। बसमा यात्रा गर्न पर्छ। कानै खाने गरी चालकले दोहोरी गीत घन्काउछ, सुन्न पर्छ। कहिले घन्टौं चक्काजाम हुन्छ। बसबाट ओर्लिएर घण्टौं, दिन भरि हिंड्न पर्छ। कहिले खोलाको किनारै किनार त कहिले भिरै भिरै। बेलुका सुत्ने ठाऊँको ठेगान हुन्न, खाने कुराको पनि ठेगान हुन्न। दिन भरि हिंड्दा थाकिन्छ अनि साँझ टन्न कोदोको रक्सी खायो, सुत्यो”। धेरै दिन पछि अनलाईन च्याटमा सगुन झुल्कियो। “दाइ नमस्ते”। फ्रान्सेली संस्कृति केन्द्रमा फ्रान्सेली भाषा सिक्दा उ मेरो सहपाठी थियो। म भन्दा उमेरमा धेरै कान्छो भएर पनि उ मलाई तिमी भन्थ्यो र नाम नै लिएर सम्बोधन गर्थ्यो। सायद उ मलाई उसकै उमेरसरहको ठान्थ्यो कि कुनि। शुरुमा मलाई अलि असहज लागे पनि पछि मैले उसको सम्बोधनलाई पचाएको थिंए। सकेसम्म अरुलाई “तँपाई” भनेर सम्बोधन गर्ने म पनि उसलाई तिमी भनेर बोलाउन थालेको थिंए। तर अहिले उसले मलाई दाइ भनेर सम्बोधन गर्दा मैले आफूलाई धेरै नै बुज्रुक भएछु कि जस्तो पनि लाग्यो। “तिमीले मलाई पहिला दाइ भनेर बोला’को जस्तो त लागेन नि सगुन, कसरी दाइ बनाई दि
A blog dedicated to Nepali News, Fun, Literature and music and lot more.