सुनिता गिरी (राना)
हङकङ

नेपाल आमाकी प्यारी छोरी
हजारौ दुख कष्टको सागर तरेर
घर दैलोको उज्यालो ज्योति बनेर
संसारले चिन्ने गरेर नाम कमायौ
सी एन एन हिरो बनी इतिहासमै
नेपालको नाम उज्वल बनायौ ।
अन्यायमा पिल्सिएर छटपटिएका
आफ्नै आफ्नाहरूबाट खसीबाख्राझैं बेचिएका
अनाथ र असहाय नारीहरूको उद्दार गरी
करोडौ नारीहरूको मन जित्न सफल भएर
उज्वल तारा बनि चम्कियौ
अखण्ड दियो बनि सल्कियौ ।
सीता साबित्री भृकुटी जन्मेको नेपालमा
अनाथ नारीहरूकै आमा भएर जन्मियौ
शुभकामना छ तिम्रो प्रत्येक पाईलाहरूमा
कुसंस्कार र कुआचरणका घुम्टोहरू उघारेर
झलमल्ल घाम बनि झुल्किदियौ
समान आश्था बोकेर लम्किदियौ ।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
हङकङ

नेपाल आमाकी प्यारी छोरी
हजारौ दुख कष्टको सागर तरेर
घर दैलोको उज्यालो ज्योति बनेर
संसारले चिन्ने गरेर नाम कमायौ
सी एन एन हिरो बनी इतिहासमै
नेपालको नाम उज्वल बनायौ ।
अन्यायमा पिल्सिएर छटपटिएका
आफ्नै आफ्नाहरूबाट खसीबाख्राझैं बेचिएका
अनाथ र असहाय नारीहरूको उद्दार गरी
करोडौ नारीहरूको मन जित्न सफल भएर
उज्वल तारा बनि चम्कियौ
अखण्ड दियो बनि सल्कियौ ।
सीता साबित्री भृकुटी जन्मेको नेपालमा
अनाथ नारीहरूकै आमा भएर जन्मियौ
शुभकामना छ तिम्रो प्रत्येक पाईलाहरूमा
कुसंस्कार र कुआचरणका घुम्टोहरू उघारेर
झलमल्ल घाम बनि झुल्किदियौ
समान आश्था बोकेर लम्किदियौ ।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
This comment has been removed by a blog administrator.
ReplyDeleteमलाई यो लेख पढ्दा म आश्चर्यचकित भएँ।
ReplyDelete