
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका
दसैं नजिकिंदै गर्दा,
म यसपाली कस कस्कोमा टीका थाप्न जाने भनेर
श्रीमतिसंग सल्लाह गर्दे छु।
खेस्रा कागजमा लिष्ट बनाउदै छु।
कसैको नाम काट्दै छु।
कसैको नाम थप्दै छु।
सचिव शक्ति बल्लभको मा हरेक साल टिका थाप्थें।
यो साल देखि उ सेवा निबृत भयो,
उसको सरकारी शक्ति पनि सबै गयो।
मेरो लिष्टमा उसलाई किन अब राख्नू?
सरकार परिवर्तन संगै महाप्रवन्धक प्रबन्धराज जोशीको जागीर पनि चैट भयो।
भतिजोलाई जागीर लगाई देलाकि भन्ने आश थियो, त्यो पनि गयो।
मेरो लिष्टमा उसलाई किन अब राख्नू?
मेरो छोरीलाई सिंत्तैमा "बेबी सिट" गरिदिने
बेबिना भाउजुकोमा पनि जान्न यसपालि।
मेरो छोरी ठूली भइसकी, अब आफै बस्न सक्छे।
काम सकिएको मान्छेलाई किन मान्नू?
हिजोको मिल्ने मित्र त हो मित्रमणि,
तर के गर्ने, न त्यसको राम्रो जागीर छ, न ठूलो घर छ।
त्यसकोमा गएर किन आफ्नै हैसियत झार्नू?
यसपालि एक जना मेरो श्रीमतिको मामाको ससुराको सम्धी पर्ने
मन्त्रीका पिए भएका छन् रे।
ऊनकोमा त जानै पर्छ।
"आफ्ना मान्छे" सधैं पावरमा कहां हुन्छन् र।
मौकाको सदुपयोग त गर्नै पर्छ।
यसपालि देशभक्त भट्टराइ दाइको छोरा पढ्न अमेरिका गएका छन्।
मेरी भान्जीको बिहेको कुरा तिनीसंग चलाउनु छ।
भान्जी अमेरिका गए पछि मलाई पनि तान्छिन् कि?
कुराको सांगोपांगो मिलाउनु छ।
नाम लिष्ट तयार हुंदै गर्दा श्रीमतीले सोधिन्।
काकाको घरमा नजाने?
मामाको घरमा नजाने?
फुपूको घरमा नजाने?
मैले भने, जाउंला नि जाऊंला
तर पहिला भन
को पदमा छन्, को छैनन अनि पो बिचार गरूंला।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
This comment has been removed by a blog administrator.
ReplyDelete