उदासी पवित्रा
झापा
हाल – विराटनगर
उर्वर तिम्रो मनोभूमिमा सरीता
किन भोकमरी चल्यो भन्ने सुनें ?
थरीथरी शंका उपशंकाहरु...
नचाहाँदा नचाहाँदै मनमा वुने
फेरी मनले मानेन
अनि सोधे–
कसरी यस्तो हुनसक्यो सरीता ??
उपकारी थियौ, फराकिलो सोचाईं
दया माया र सद्भावको नाममा
त्यो उर्वर मनोभूमि वाँडफाँड गर्यौ कि ?
अनि अर्काको भरोसा समीप सरयौ कि ??
नभएर मान्छे नहुने भएका छैनन
भएर चल्न नजान्नेहरु
इतिहासदेखि नहुने कहलिएका छन्
म सत्य वोल्दैछु सरीता
तिमीले आफू र आफ्नो भूमिलाई
सरीता
दोष लगाउनु पर्दैन
पश्चताप कुनै कुरामा गर्नु पर्दैन
एकपटक आफ्नै आँखाले नियाल्यौ
उर्वर मनोभूमि अंशवण्ड लगायौ
अव, मान सरीता
मान तिमी भरोसा आफूमा मात्र
अर्कालाई सुम्पिनदेऊ
त्यो उर्वर मनोभुमिका भरोसाहरु
ननिम्त्याऊ खडेरी विनाका भोकमरीहरु
कति हराभरा छ
स्वर्ग, स्वर्ण, सद्भाव र सम्मान
अनि फुल्छ–फल्छ त्यहि सम्पुर्णता
उर्वर तिम्रो मनोभूमिमा सरीता ।।।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
This comment has been removed by a blog administrator.
ReplyDelete