सजनी काठमाण्डौँ, नेपाल खुशी थिए गाउँमा हुँदा, आमा बुवा को साथमा निदाउथे मिठा मिठा सपना देखी रात मा घास दाउरा मेलापात गर्थेउ, सखी सबै मिली दिन बिताउथेउ हामी, एक अर्का सँग हासीखेली एक दिन आयो गाउँ मा एउटा परदेशी ल्याएको थियो दिन कसैलाई माया बोकी मिठो बोली उस्को म मक्ख पर्थे हरेक पल उसकै यादमा डुब्थे लाग्न थाल्यो बिस्तार एकान्त नै प्यारो होश जती सबै उस्ले उडाइ लग्यो मेरो कुरा मा उसको भुलेर भागे सबैलाई छोडी पुगे रमाउन उ सँग आमा बुवा को सबै सपना तोडी खुशी भए दुइ चार दिन माया उस्को पाएर केही दिन पछी छोडि गयो कोठी मा बेचेर अस्तित्व मिटाये मैले यातना पाएर नारकिये जीवन बिताउनु पर्यो विश्वास अरुलाई गरेर जोबन मैले आफ्नो बाड्दै गये बाड्दै गये तर भित्र भित्र म खोक्रो बन्दै गये HIV को शिकार भएछु पछी पो थाहापाये येस्तो थाहा भएपछी त्यहाँ बाट पनि निकालिये आफ्नै गाउँ फर्के तर सुइकारेनन कसैले मलाई भनेका हुन्थे सबैका नजरले ठीक्क पर्यो तलाई जिन्दगी को बाटो मा धेरै खाए ठक्कर् ठक्कर् खाँदा खाँदै बने फ्यकिएको पत्थर पत्थर को बरु मोल छ तर मेरो केही मोल छैन ढुङ्गा को देवता लाई...
A blog dedicated to Nepali News, Fun, Literature and music and lot more.