सजनी
काठमाण्डौँ, नेपाल
काठमाण्डौँ, नेपाल
खुशी थिए गाउँमा हुँदा, आमा बुवा को साथमा
निदाउथे मिठा मिठा सपना देखी रात मा
घास दाउरा मेलापात गर्थेउ, सखी सबै मिली
दिन बिताउथेउ हामी, एक अर्का सँग हासीखेली
एक दिन आयो गाउँ मा एउटा परदेशी
ल्याएको थियो दिन कसैलाई माया बोकी
मिठो बोली उस्को म मक्ख पर्थे
हरेक पल उसकै यादमा डुब्थे
लाग्न थाल्यो बिस्तार एकान्त नै प्यारो
होश जती सबै उस्ले उडाइ लग्यो मेरो
कुरा मा उसको भुलेर भागे सबैलाई छोडी
पुगे रमाउन उ सँग आमा बुवा को सबै सपना तोडी
खुशी भए दुइ चार दिन माया उस्को पाएर
केही दिन पछी छोडि गयो कोठी मा बेचेर
अस्तित्व मिटाये मैले यातना पाएर
नारकिये जीवन बिताउनु पर्यो विश्वास अरुलाई गरेर
जोबन मैले आफ्नो बाड्दै गये बाड्दै गये
तर भित्र भित्र म खोक्रो बन्दै गये
HIV को शिकार भएछु पछी पो थाहापाये
येस्तो थाहा भएपछी त्यहाँ बाट पनि निकालिये
आफ्नै गाउँ फर्के तर सुइकारेनन कसैले मलाई
भनेका हुन्थे सबैका नजरले ठीक्क पर्यो तलाई
जिन्दगी को बाटो मा धेरै खाए ठक्कर्
ठक्कर् खाँदा खाँदै बने फ्यकिएको पत्थर
पत्थर को बरु मोल छ तर मेरो केही मोल छैन
ढुङ्गा को देवता लाई पुज्छन सबैले
तर सम्मान दिदैनन मलाई कसैले
जहाँ जान्छु हुन्छु म तिरस्कार
नजिक हुन खोजेमा पाउछु अपमानको पुरुस्कार
खुशी हरु म बाट धेरै टाढा भागे
दु:ख लाई मुटु भित्र सँगाली राखे
मेरो मनका रहर मर्यो कलीलो मुना मा
रोइ बसे एक छेउ कुनामा
आँखा बाट आँशु झर्दा पुछिदिने कोही छैनन्
मन को बह पोख्न खोज्दा सुनिदिने कोही भएनन
आफन्त बनी सहारा दिने कोही छैनन
मुटु भरी माया दिइ अँगाल्ने कोही छैनन
एदी कसैलाई विश्वाश गर्नु दोस हो भने मेरो
हे ईश्वर चहिदैन मलाई येस्तो संसार तेरो
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
This comment has been removed by a blog administrator.
ReplyDeleteThis comment has been removed by a blog administrator.
ReplyDelete