Skip to main content

Posts

Showing posts from April, 2014

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ

गीति कथा : एउटा कथा जिन्दगीकोमा यादव खरेल

~यादव खरेल २०७१ साल बैशाख १ गतेबाट बीबीसी नेपाली सेवाले नयाँ कार्यक्रम श्रृङखला “एउटा कथा जिन्दगीको” शुरु गरेको छ। सुमन खरेलको परिकल्पना र संयोजनमा यो कार्यक्रम बीबीसी नेपाली सेवा कार्यक्रममा प्रशारण हुने गरेको छ। यादव खरेल द्वारा बाचित गरियको पहिलो कार्यक्रम तल साभार गरिएको छ ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

दसहजार तालको साम्राज्य

राजेन्द्रप्रसाद अर्याल गोरखा बजार, नेपाल । हालः म्याडिसन, विस्कन्सन, अमेरिका Email:- aryalrajendra3@gmail.com जनवरी, २०१२    आकाशमार्गबाट विमानस्थललाई हेर्दा विद्युतीय उज्यालोले रात्रिकालीन सौन्दर्यको जलप थपिरहेथ्यो । मिनियापोलिस विमानस्थल ठूलै रहेछ । अमेरिकाको उत्तर दिशामा अवस्थित मिनिसोटा राज्यमा रहेको उक्त विमानस्थल त्यस क्षेत्रको महत्वपूर्ण अन्तर्राष्ट्रिय विमानस्थल हो भन्ने अवगत भयो । स्वदेशबाट उडेको चालीस घण्टापछि पाँच ठाउँमा ट्रान्जिट भै रातको ठीक दशबजे उक्त विमानस्थलमा अवतरण भएँ । हुन त साँझको पाँचबजे ओर्लनु पर्ने पूर्वनिर्धारित कार्याक्रममा वासिङ्गटन डि.सि.मा जाहाज छुटनाले पाँच घण्टाको यात्रा अवधि थप हुन गयो । एक हुल परिवारजनहरू तोकिएको समयमा विमानस्थलमा जम्मा भै रित्तै फर्कन परेको तितो यथार्थ बोधले मन चिसो भयो र पछिल्लो झमट सीता र विनायक मात्र मलाई लिन आउनु भएको थियो ।   नेपालदेखि पातालभूमिसम्मको लामो यात्रा स्वयंमा पट्यार लाग्दो त्यसमाथि विमान छुटन गएको मानसिक तनावले लखतरान भै सकेको थिएँ । आफ्नो सामानको व्यग्र पर्खाइमा रहँदा रहँदै वासिङ्गटन डि.सी.बाट झोलाहरू विमा